हराएको श्रीमान खोजदिन सीताको आग्रह ( सक्दो सेयर गरिदिनुहोला )

रामेछाप खबर संवाददाता

काठमाडौँ ।

उदयपुरकी एक चेलीले बेखवर भएका आफ्ना पतिको खोजी गरि दिन आग्रह गरेकी छिन् कटारी नगरपालिका वडा नम्बर २गराँस माईती भएकी २२वर्षिया देवकुमारी परियार सीताले कार्तिक ११गते विहान देखि बेखबर भएका ३१वर्षिय आफ्ना श्रीमान सन्तोष ठटाल परियारको खोजी गरिदिन आग्रह गरेकी हुन् ।

सिक्कीमबाट हामी सिधै सर्लाहीको राजघाट घर गयौं । घरमा सासु आमा नन्द हुनु हुन्छ ससुरा भने काठमाण्डौं बस्नु हुन्छ । सिताले भनिन् मेरा पहिलो श्रीमान पट्टिका दुई छोरी छन्, सिक्कीमबाट आएको आएको थहा पाए पछि छोरीहरुसँग फोनमा कुरा गरेको विषयमा सन्तोष मसँग रिसाउनु भयो ।

त्यही बेला आफुहरुवीच सामान्य भनाभन समेत भयो दशैंमा टिका लगाउन भनेर हामी कार्तिक १०गते गराँस आयौं । सवै राम्रै थियो कार्तिक ११गते विहान ९बजे तिर उहाँ मसँग सल्लाह नै नगरी मलाई केही पनि नभनी कहाँ जानु भयो थहा छैन ।

अहिले म राजघाटमा सासु नन्द सँग वसी रहेको छु सासु नन्दले मेरो छोरो कहा हालिस कहा पठाईस भन्नु हुन्छ श्रीमान मेरो सम्पर्कमा हुनु हुन्न म के गरम सीताले भनिन् पहिलो श्रीमानको पनि विहे गरेर २छोरी जन्मे पश्चात निधन भयो अहिलेका श्रीमानले पनि थाहै नदिई छोडेर हिडे गरम नछोरीहरु छन् साथमा नश्रीमान मलाई सहयोग गरिदिनुस उनले दुखेसो पोखिन ।