यी जोडिले सार्वजनिक पार्कमा आफूलाई रोक्न नसकेपछि….

रामेछाप खबर संवाददाता

एक युगल जोडिले सार्वजनिक स्थलमा आफूलाई रोक्न नसकेपछि समस्यामा परेका छन् । यो समाचार अमेरिकाको हो । त्यहाँ एक युगल जोडीले विस्कोन्सिन स्टेट फेयरमा आगन्तुकहरूको अगाडि नै ढुक्कसँग सह-वास गरेको खबरले अमेरिकी सञ्चारमाध्यम तात्तिएको थियो ।

वेस्ट एल्लिसस्थित उक्त रमाइलो मेलामा नाम नखुलाइएका ती महिला र पुरुषले निर्धक्क सार्वजनिक स्थलमा सह-वास गरिरहेको भिडियो अनलाइनमा भाइरल भएको न्युज स्टेसन डब्ल्यूआईटीआईले जनाएको छ ।

सो मेलामा खटिएका अधिकारीहरूले तिनीहरूको भिडियो फुटेज सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको पुष्टि गरेका छन् । तर उक्त मेला आयोजक पक्षका प्रवक्ता क्रिस्टी चकलले अनुसन्धान शुरू भएपछि सो भिडियो हटाउन लगाएका जानकारी गराएकी छिन् ।

ती जोडीले आफूहरूको भिडियो खिचिँदै गरेको थाहा भएको पाइएको छ । यसरी खुलमखुला यस्तो कार्य भइरहेको देखेपछि मेला हेर्न पुगेका मानिसहरूको ला’जले रातो हुँदै यता उता लागेका थिए ।

विस्कोन्सिन स्टेट फेयर पार्कका प्रहरीले ती जोडीलाई मिल्वाउकी कान्टी जे ल मा लगेका थिए । तिनीहरूलाई चाँडै नै अदालतमा पेस गरिएको थियो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।