कर नतिर्ने सूचीमा को को ? अभिनेत्री झरना थापा, विनोद चौधरी, शारदाप्रसाद अधिकारी छन्

रामेछाप खबर संवाददाता

काठमाडौं, २५ कार्तिक ।

पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) नबुझाएको पाइएको छ।

अन्तरिक राजश्व विभागले निकालेको सूचनामा नेकपाका संघीय सांसद बाँस्कोटा प्रकाशक तथा सम्पादक रहेको सम्बोधन साप्ताहिकले ०७० सालयताको कर दाखिला नगरेको उल्लेख छ । अर्बपति विनोद चौधरी,उद्योगी सुरज वैद्य, प्रचण्डका घरभेटी ठेकेदार शारदाप्रसाद अधिकारी, काँग्रेस सांसद तथा ठेकेदार बहादुरसिंह लामालगायतका कम्पनीले पनि भ्याट नतिरेको पाइएको छ।

त्यसैगरि मूल्य अभिवृद्धि कर(भ्याट) नबुझाउनेमा चर्चित अभिनेत्री तथा निर्देशक झरना थापा पनि रहेकी छिन् । उनको सुहानी फिल्मले पनि कर दाखिला नगरेको भेटिएको हो । लाजिम्पाट ३ काठमाडौंस्थित उनको कम्पनीले ०५८ सालदेखि यता सरकारलाई कर तिरेको छैन । निर्देशक थापा हाल ए मेरो हजुर ४ को शुटिङमा व्यस्त छिन् । वितरक सुनील मानन्धरको श्रीराम बालाजी फिल्मले पनि ०७४ सालयताको कर दाखिला गर्न बाँकी रहेको विभागको सूचीमा उल्लेख छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।