कमल थापाले सरकारलाई दिए धन्यवाद

रामेछाप खबर संवाददाता

काठमाडौं , २५ कार्तिक ।

राप्रपा अध्यक्ष कमल थापाले सरकारले पुस्तकमा लगाएको कर हटाएकोमा धन्यवाद दिएका छन्।

मंगलबार थापाले ट्वीटर मार्फत सरकारलाई पुस्तकमा लगाइएको कर हटाएकोमा धन्यबाद दिदै अब विद्युतबाट चल्ने गाडीमा बढाइएको कर पनि कम्तिमा पुरानै अवस्थामा फर्काउन माग गरेका छन्।

उनले ट्विटमा लेखेका छन्, ‘पुस्तकमा भन्सार कर बढाउने सरकारको निर्णय ठिक थिएन। ढिलै भए पनि पुस्तकमा लाग्दै आएको कर हटाएकोमा सरकारलाई धन्यवाद। अब विद्युतबाट चल्ने गाडीमा बढाइएको कर पनि कम्तिमा पुरानै अवस्थामा फर्काउन सरकारको ध्यान आकर्षित गर्दछु।’

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।