कोरोनालाइ लिएर अब डराउन पर्दैन।प्रमाणित भयो,यस्ता खाने कुराले कोरोनालाइ गराउँछ निष्क्रिय।

रामेछाप खबर संवाददाता

काठमाडौं ।

कोभिड संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।पछिल्लो समय संक्रमण बढ्दै गएको अवस्थामा रोगसँग लड्ने क्षमताको विकास गर्नु नै उत्तम विकल्प भएको विज्ञहरूले बताएका छन् ।त्यसका लागि दैनिक गतिविधि र खानपिनमा नै ध्यान दिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।आयुर्वेदिक चिकित्सक डा. ऋषिराम कोइरालाले खाने कुराहरूमा विशेष ध्यान दिनुपर्ने बताए । उनका अनुसार तेलमा तारेर बनाइएको परिकारहरू कम खानुपर्ने छ ।

बजारमा पाइने चिल्लो, सुकिलो र सफा देखिने खाद्य वस्तुहरूमा बढी विशाक्त प्रयोग भएको हुन सक्ने भएकाले त्यस्ता वस्तुहरूको प्रयोग गर्दा ख्याल गर्नसमेत उनले सुझाव दिए ।त्यस्तै बोइलर कुखुराको मासु धेरै नखानसमेत उनले आग्रह गरे । बोइलर कुखुरामा धेरै एन्टीबायोटिक प्रयोग भएको र जेनेटिक मोडिफाइडसमेत भएकाले बोइलर कुखुराको मासुको कम प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।त्यस्तै खसीबोकाको उपभोग पनि कम गर्न उनको सुझाव छ । कोकाकोला, फेन्टालगायतका पेय पदार्थको समेत कम प्रयोग गर्न उनले आग्रह गरे ।

दिनको एक दुई वटा कागतीको सेवन गर्ने, पुदिना, भाङ, तिललगायतका वस्तुबाट बनाइएको अचार तथा चटनी खाने बानीले रोगब्याधि कम गराउने उनले बताए ।त्यस्तै धेरै प्रकारका मल प्रयोग भएका सागसब्जी, तरकारीहरूको प्रयोग नगर्नसमेत उनले सुझाव दिए । सादा खाना खान र शरीरभित्र कुनैपनि प्रकारको भार नपर्नेगरी खान पनि उनको सुझाव छ ।शुद्ध पानी धेरै पिउने, गुर्जो, उमारेको जमरा, कागतीलगायतको सेवन गर्नु उपयुक्त हुने पनि उनले बताए ।

त्यसबाहेक नियमित व्यायाम गर्दासमेत शरीरमा फाइदा पुग्ने उनको भनाइ छ ।योगा, खानपिन, आयुर्वेदका जडिबुटी र मनोविज्ञानका पक्षहरूमा सबैधन्दा धेरै ध्यान दिनुपर्नेमा उनले जोड दिए ।भाइरोलोजिस्ट डा. बाबुराम मरासिनीले दसैंको बेला सहर बजारबाट आफ्नो घरमा जाँदा विशेष सावधानी अपनाउनुपर्ने बताए ।

दसैंमा घर नजानभन्दा पनि घर गएपछि संक्रमणबाट जोगिनका लागि विभिन्न उपायहरू अपनाउन सकिने बताए ।घरमा गएपछि परिवारका सदस्यसँग घुलमिल हुनभन्दा अलग्गै बस्नुपर्नेमा उनले जोड दिए ।खाना खाँदा दूरी कायम गर्ने, दसैंमा टिका लगाउँदा खुल्ला ठाउँमा लगाउने, भीडभाड नगर्ने हो भने रोग लाग्नबाट बच्न र बचाउन सकिने डा. मरासिनीको भनाइ छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।