श्वेतालाई आमाले रुदैं दिइन् बिहे गर्न स्वीकृती : बुहारीदेखि परिवार नै राजी, चल्यो रुवाबासी

रामेछाप खबर संवाददाता

काठमाडौं, १३ कार्तिक ।

चर्चित अभिनेत्री स्वेता खड्का पछिल्लो समय समाजसेवामा पनि उत्तिकै सक्रिय छिन् । उनी चलचित्रमा काम गर्दा पनि वा नगर्दा पनि चर्चामा रहने गर्छिन् । चलचित्र बजारमा नायिका खड्का प्रेममा रहेको चर्चा पनि नचलेको होईन । स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विहे भएको केही महिना (२०७१ साउन २५) मा श्रीकृष्णको मृत्यु भएको थियो । त्यसरी विहे भएको केही महिनामा नै स्वेता एक्लै हुनुपर्यो ।

लामो समय भैसक्दा पनि उनको दोस्रो विहेका बारेमा चर्चा हुने गरेको छैन । केही व्यक्तिहरु स्वेताले दोस्रो विहे गर्नुपर्ने बताउँदै आएका छन् । बीच-बीचमा स्वेता आफैंले पनि विहेको इच्छा प्रकट गरेकी थिइन् । यसैबीच स्वेताले यो वर्षको दशैं परिवारका साथमा मनाएकी छिन् । दशैंको माहोलमा स्वेताको आमाले उनलाई विवाह गर्ने स्वीकृति दिएकी छन् ।

छोरीको विवाह गर्नुपर्दैन भनेर आफन्तले भन्नुहुन्छ स्वेताको आमाले भनिन् । तर, स्वेता खड्का यो कुरा मान्न तयार छैनन् । उनी भन्छिन्–‘मलाई त प्रेम र विवाह फेक कमिटमेन्ट जस्तो लाग्छ । यसमा धेरै नबोलौ होला।’ स्वेताले प्रेम र बिहेलाई झुटो आश्वासनको संज्ञा दिएकी छिन् ।

उनले, बिहेको बिषयमा पनि अहिलेसम्म केही पनि नसोचेको स्पष्ट पारेकी छिन् । स्वेताले भनेकी छिन्–‘म खुशी छु । आफ्नै किसिमले जीवन चलाइरहेको छु । विगतमा कसैसँग सहकार्य गर्ने संझौता त भएको थियो तर मैले एउटी श्रीमतीका रुपमा, बुहारीका रुपमा जीवनको अनुभव नै गर्न पाइनँ ।

म हिजो पनि सिंगल थिएँ, आज पनि सिंगल नै छु । कस्तो हुन्छ जोडीको जीवन, अनुभव गर्न पाएकी छैन। यो बिषयमा अहिलेसम्म सोचेकी छैन ।’ स्वेताले बिहेको बिषयमा आफूले नसोचेको र सिंगल जीवनमा नै खुशी रहेको स्पष्ट पारेकी छिन्। यो विषयमा एक युवट्यूव च्यानलले लिएको भिडियोपनि अहिले खुबै चर्चामा छ । २४ घण्टा नपुग्दै ट्रेण्डिङमा छ ।