एल क्लासिकोः रियलद्वारा बार्सिलोना पराजित

रामेछाप खबर संवाददाता

एजेन्सी, ९ कात्तिक ।

स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत ‘एल क्लासिको’मा रियल मड्रिडले जित हात पारेको छ ।

शनिबार राति सम्पन्न खेलमा रियलले बार्सिलोनालाई ३-१ गोलले पराजित गरेको हो । रियलको जितमा खेलको ५ औं मिनेटमा फेडेरिको भाल्भर्दे, ६३ औं मिनेटमा पेनाल्टीमार्फत सर्जियो रामोस र ९० औं मिनेटमा लुका मोड्रिचले गोल गरे ।

यस्तै खेलको ८ औं मिनेटमा बार्सिलोनाका आन्सु फातीले गोल गरेपनि उनको गोल सान्त्वना गोल हुन पुग्यो ।

जितसँगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलको ६ खेलबाट १३ अंक छ । यस्तै बार्सिलोनाको ५ खेलबाट ७ अंक रहँदा तालिकाको १० औं स्थानमा रहेको छ ।