काठमाडौं ।
काठमाडौं उपत्यकामा घडेरीको मूल्य आकाशिएका कारण यहाँ घर जग्गा जोड्ने सबैको सपना पुरा हुन नसकेको देखिन्छ यद्धपि भित्री शहर छाडेर काठमाडौं उपत्यकाका कुनाकाप्चातिर भने अझै पनि मध्यम मूल्यमै जग्गा पाउन सकिन्छ पुग्नु पर्ने हुन्छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका यी स्थानमा अझै पनि आनाको १० लाख रुपैयाँभन्दा कम मूल्यमा टुक्रा घडेरी पाइन्छ : *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***
१) इचंगुनारायण, काठमाडौं काठमाडौंको नागार्जुन नगरपालिकाको इचंगुनारायणतिर अहिले पनि आनाको ८ देखि १० लाख रुपैयाँसम्म जग्गा किन्न पाइन्छ ।
२) काभ्रेस्थली (माथिल्लो भाग), काठमाडौं काभ्रेस्थलीको माथिल्लो भेगतिर शान्तीधाम एरियामा आनाको १० लाखसम्ममा टुक्रा जग्गाको कारोबार भाइरहेको छ ।
चन्द्रागिरी नगरपालिकामा पर्ने दहचोकको माथिल्लो भेग कालु पाण्डेको समाधिस्थल वरिपरि १३ फिटे बाटोमा आनाको ६ देखि १० लाख रुपैयाँसम्मको जग्गा पाइन्छ ।४) मातातिर्थ, काठमाडौं मातातिर्थको चन्द्रागिरी जंगलसँग जोडिएको ठाउँ वरिपरी पनि ८ देखि १० लाख आनाको जग्गा किन्न पाइन्छ ।
५) किर्तिपुर, काठमाडौं किर्तिपुर नगरपालिकाको भत्तेकपाटी जंगलतिरको ठाउँमा पनि आनाको १० लाखभन्दा कम मूल्यमा जग्गा पाइन्छन् ।६) तारेभिर, काठमाडौं गोकर्णेश्वर नगरपालिकाको सुन्ताखानको माथिल्लो भागमा ढलान गरेको बाटोसँग जोडिएको घडेरी आनाको ८ देखि १० लाख रुपैयाँसम्म किन्न पाइन्छ ।
७) जहरसिंग पौवा, काठमाडौं शंखरापुर नगरपालिकाको जहरसिंह पौवा, चौकी भन्ज्याङ, लप्सेफेदी, नाङ्लेभारे लगायत ठाउँमा १३ फुटे बाटासम्म जग्गा पनि १० लाखभन्दा कम मूल्यमा पाइन्छ ।८) सुडाल, भक्तपुर भक्तपुरको चाँगुनारायण नगरपालिकामा पर्ने सुडालको आसपास पनि आनाको ६ लाखदेखि १० लाख रुपैयाँसम्मका जग्गा पाइन्छन् । गोरेटो बाटो र एकमुष्ठ धेरै जग्गा उठाएमा अझै सस्तोमा जग्गा पाइने टाउनसिप प्रोपर्टीका सञ्चालक देबेन्द्र दाहाल बताउँछन् ।