बाबुराम भट्टराई र हिसिला यामीलाई कोरोना संक्रमण

रामेछाप खबर संवाददाता

काठमाडौँ, ८ कात्तिक ।

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। त्यसैगरी उनकी पत्नी हिसिला यामीलाई पनि संक्रमइ पुष्टि भएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुरामले सामाजिक सञ्जाल ट्वीटरमार्फट आफूहरुमा कोरोना संक्रमण पुष्टि भएको जनाएका छन्। ‘हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। कातिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो,’ उनले भनेका छन्।

चिकित्सकको सल्लाहअनुसार आफूहरु होम आइसोलेसनमा रहेको बाबुरामले उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं। केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ।’