गाउँपालिकाका अध्यक्षले फेसवुक च्याटमा महिलालाई ‘स्त’न देखाउनु’ भनेपछि…..

रामेछाप खबर संवाददाता

काठमाडौ ।

एक महिलसंग फेसबुक च्याटमा अ’श्लि’ल ग ति’विधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन स’ट’ हरु सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्लाको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाललाई नेपाल कम्युनिष्ट पार्टी दोलखाले साधारण सदस्य समेत नरहने गरी का’र्बाही गरेको छ।

मंगलबार सम्पन्न जिल्ला कार्यालयको बैठकले ति महिलासंग गरिएका दुलालका अ’श्लि’ल संवादसहितका ‘स्क्रिन स’ट’ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नैतिकता र पार्टी अनुशासनसंग जोडेर संगठित सदस्य समेत नरहने गरी का’र्बाही गर्नका लागी नेपाल कम्युनिष्ट पार्टीको बागमती प्रदेश कमिटि समक्ष सिफारिस गरेको छ।

तत्कालिन नेकपा एमालेका दुई पटक जिल्ला सचिव भईसकेका दुलाल नेकपा दोलखाका सचिवालय सदस्य हुन्। नेपाल कम्युनिष्ट पार्टीको बिधानमा जिल्ला कमिटि सदस्य भन्दा माथिल्लो पदका व्यक्तिलाई जिल्ला पार्टीले स्पष्टीकरण सोध्ने र स्पष्टीकरण चित्त नबुझे का’र्बाहीका लागि प्रदेश कमिटिमा सिफारिस गर्नुपर्ने ब्यवस्था छ।
दुलालले गाउँपालिकाकै एक महिलासंग फेसबुक च्याटमा अ’श्लि’ल सं’वाद गरेको स्क्रिन स’टमा देखिन्छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका स्क्रिन स’टहरुमा दुलालको अर्ध न’ग्न तस्बिर समेत देखिन्छ। उनले ति महिलालाई स्त’न देखाउन भनेका छन्।

उक्त स्क्रिन स’ट सार्वजनिक भए लगतै गाउँपालिका अध्यक्ष दुलालले आफ्नो फेसबुक पेज ह्या’क भएको स्पष्टीकरण दिएका थिए। यद्धपी फेसबुक ह्या’क भएको बारे जिल्ला प्रहरीलाई दुलालले उजुर गरेका छैनन्। नागरिक दैनिकमा समाचार प्रकाशित छ ।