प्रियङ्काले लेखिन् आफ्नो आत्मकथाः जस्मा समेटिएको छ बरेलीको बस्तीदेखि हलिउडसम्मको यात्रा

रामेछाप खबर संवाददाता

एजेन्सी ।

आत्मकथा एउटा यस्तो कथा हो जो कमै मानिसले मात्र आफ्नो डायरीमा लेख्ने गर्छन् । जस्मा जीवनका हरेक भोगाईहरु समेटिएको हुन्छ । बलिउडमा आत्मकथा लेख्ने कलाकार कमै छन् भन्दा फरक पर्दैन । तिने कमै मध्यकी एक हुन् अभिनेत्री प्रियंका चोपडा पनि । उनले आफ्नो आत्मकथामा सानो बरेलीको गाउँदेखि हलिउडसम्मको यात्रालाई समेटेकी छन् ।

यस आत्मकथामा अभिनेत्री प्रियंकाले आफ्नो वर्षौको संघर्षबारे लेखेकी छन् । आफुबारे समाजले बनाएका धारणा र आफ्नै धारणालाई पनि समेटेकी छन् । ‘मैले सधैं आफ्नो संघर्षहरुलाई गोप्य राख्दै आएँ । जसबारे म यस पुस्तकमा छलफल गर्दैछु,’ उनले भनिन्, ‘आत्मकथा लेख्नुको मज्जा भनेको यसले तपाईंलाई विषयवस्तुहरु फरक ढङ्गले हेर्नका लागि बाध्य गराउँछ ।’

‘उनले आत्मकथाबारे भनेकी छन्, ‘सानो बस्तीकी युवतीका रुपमा ठूला सपना देख्ने छुट थिएन ।’ १८ जुलाई १९८२ मा झारखण्डको जम्सेदपुरमा प्रियङ्काको जन्म भएको थियो । बाबु अशोक चोपडा र आमा मधु भारतीय सेनामा चिकित्सक भएकाले प्रियङ्काले बाल्यकालमा दिल्ली, चन्ढीगढ, बरेलीलगायत शहरमा अध्ययन गरिन् । त्यसपछि उनी केही समय अमेरिका गएर बसिन् ।

सन् २००० मा १८ वर्षको उमेरमा उनले मिस वर्ल्डको उपाधि जितेकी थिइन् । २००३ मा प्रदर्शनमा आएको ‘द हिरो–लभ स्टोरी अफ अ स्पाई’ उनको पहिलो बलिउड फिल्म थियो । त्यही वर्ष रिलिज भएको अन्दाज र मुुझ से सादी करोगी हिट भए, जहाँ प्रियङ्का मुख्य भूमिकामा थिइन् ।

सन २००६ मा उनी अभिनित क्रिस र डन दुुबैले बलिउडमा निकै राम्रो आम्दानी गरे । कमिने, बर्फी, मेरी कोम, बाजिराव मस्तानीलगायत फिल्ममा उनले गरेको अभिनयको निकै प्रशंशा भएको थियो । प्रियङ्काले एकपटक राष्ट्रिय फिल्म अवार्ड र पाँचपटक फिल्म फेयर अवार्ड जितिसकेकी छिन् ।

प्रियङ्काले एबीसीमार्फत प्रशारण हुने थ्रिलर ‘क्वान्टिको’ मा अभिनय गरेपछि विश्वव्यापी चर्चा बटुलिन् । उनले हलिउड कमेडी ‘बे वाच’ र ‘इजन्ट इट रोमान्टिक’ मा सहायक भूमिका निभाएकी थिइन् । सन् २०१६ मा भारत सरकारले उनलाई पद्म श्रीबाट सम्मानित गरेको थियो ।

त्यही वर्ष उनलाई टाइम म्यागेजिनले विश्वका १ सय अति प्रभावशाली व्यक्तित्वको सुचीमा राख्यो । दुई वर्षपछि फोब्र्सले उनलाई विश्वका १ सय शक्तिशाली महिलाको सूचीमा राखेको थियो । प्रियंकाको आत्मकथा लेखन समाप्त भएपनि यसको शीर्षकबारे अझैं टुंगो लाग्न बाँकी रहेको बताईएको छ ।