काठमाडौँ, ७ कात्तिक ।
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको बिद्रोही दल नेपाल कम्युनिस्ट पार्टी रोल्पाले देश ब्यापी स्वास्थ्य संकटको बेलामा समेत राज्यले नेकपाका नेता कार्यकर्ता र आम जनतालाइ झन तर्सित र आतंकित बनाउने कार्य गरेको प्रती तीब्र आक्रोश व्यक्त गरेको छ ।
नेकपा रोल्पाका सेक्रेटरी मानवले एक बिज्ञप्ती जारी गर्दै जनताको सेवामा जुटेकालाइ राज्यले दमनको चक्र चलाउदै गिरफ्तार गर्ने , गोली हान्ने र ह’त्यागर्ने सम्मको अभिव्यक्ति दिएर आतंकित पार्ने कोशिश गरेको प्रती घोर निन्दा गरेकाछन । गगादेवी गाउपालिकाका अध्यक्षको निर्देशनमा डीएसपीले गरेको गतिविधि संकटकालकै झल्को दिनेखालको भएको भन्दै यदी राजनीतिक ब्यवहार नगरे कडा प्रतिरोध गर्ने चेतावनीसमेत दिएकाछन ।
बिज्ञप्तीको पुर्णपाठ
यतिबेला विश्व मानव समुदायलाई कोरोना भाइरस (COVID-19) ले छेद विच्छेद तुल्याएको मात्रै छैन भयानक सन्त्रास पनि फैलिरहेको छ। यस्तो विषम परिस्थितिमा सामाजिक दलाल पुजीवादका नाइके केपी/रामे हरुले जनतालाई आतंकित बनाउदै रोल्पामा दमनको चक्र व्यापक रुपमा चलाइरहेका छ्न।तथापि हाम्रो पार्टी जनताको बिचमा अहोरात्र कोभिड सम्बन्धि चेतनामूलक र राजनीतिक कार्य गरिरहदा कथित स्थानीय सरकार गंगादेब गाउपालीका अध्यक्ष वीर बहादुर खत्री र खत्रीको निर्देशनमा रोल्पाका DSP ले गंगादेब ४ डल्सिङे पाखापानीमा जनताको बिचमा नाङ्गो रुपमा हाम्रो पार्टीका जिल्ला कमिति सदस्यहरु क.बिपिन र पाखापानीमै क.टिम लगायत जिल्लाभरीनै अन्य जिम्मेवार कमरेडहरुलाई गिरफ्तार गर्ने, साथै सार्वजनिक रुपमा गो’लि हानि ह’त्या गर्ने सम्मको अभिव्यक्ति दिएको र छिमेकी जिल्ला दाङ तुलसीपुरमा बिपिन आएको छ भन्दै होटेल खानतलासी गर्दै आतंकित बनाएको ,रोल्पाका विभिन्न गाउहरुमा सादा पोसाकका प्रहरीले मध्यरातमा नेता/ कार्यकर्ता र जनताको घर घरमा गैरन्यायिक ढंगले आतंकित बनाउदै १० बर्षे जनयुद्धको झझल्को दिने गरि राज्य आतंक मच्चाइरहेको छ साथै अन्य जिल्लाहरुमा पनि निगरानी गरि आतंकित बनाएको घटना प्रति नेकपा रोल्पाको गम्भीर ध्यानाकर्षण भएको छ उक्त अभिव्यक्ति र हर्कत प्रति हाम्रो पार्टी घोर निन्दा एवम् भत्सर्ना गर्दछ। यस्तो हर्कत रोक्न हाम्रो पार्टी सम्बन्धित पक्षलाई जानकारी गराउदछौ राजनीतिक कर्मी लाई राजनीतिक व्यवहार गरियोस् अन्यथा यसको भयंकर तुफानी वेग संबंधित पक्षले व्यहोर्नुपर्ने छ।
क्रा’न्तिकारी अभिवादन सहित।