मकवानपुरका थप ३ जना कोरोना संक्रमितको मृत्यु

रामेछाप खबर संवाददाता

हेटौंडा, ७ कात्तिक ।

कोरोना भाइरसका कारण मकवानपुर जिल्लामा पनि मृत्यु हुनेदर बढ्न थालेको छ । हिजो एकै दिन मकवानपुरका तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण लामो समय सम्म विरामी भएर मृत्यु भएको बागमती प्रदेश सरकारले जनाएको छ । अरु विभीन्न रोगमा कोरोना थपीएपछी मृत्युहुनेक्रम बढेको हो ।

कोरोना भाइरस संक्रमणको कारण मकवानपुरका थप ३ जनाको मृत्यु भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका थप ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २ जना पुरुष र १ जना महिला रहेका छन् । मन्त्रालय अनुसार संक्रमणको कारण मृत्यु हुनहरुेमा हेटौंडाका ६६ वषीय पुरुष, ५१ वर्षीय पुरुष र ३३ वर्षीया महिला रहेका छन् । मृत्यु हुने तीनै जना जिल्ला बाहिर उपचारको क्रममा मृत्यु भएको जनाईएको छ ।

हेटौंडाका ६६ वर्षीय पुरुष स्वासप्रश्वासमा समस्या भइ असोज ३० गते अस्पताल भर्ना भएका थिए । उनलाई असोज २८ गते कोरोना पुष्टि भएको थियो । उनको उपचारको क्रममा कार्तिक ५ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनी थाइराएड समस्याका बिरामी समेत रहेको जनाइएको छ ।

यसैगरि अर्का मृत्यु हुने ५१ वर्षीय पुरुष निमोनिया भइ असोज २६ गते अस्पताल भर्ना भएका उनमा असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारक्रमा कार्तिक ४ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनि उच्च रक्तचाप समेतका बिरामी रहेको जनाईएको छ ।

यसैगरि हेटौंडाकी ३३ वर्षीया महिला निमोनिया भइ असोज ३० गते अस्पताल भर्ना भएकी उनमा सोहि दिन कोरोना पुष्टि भएको मन्त्रालयलेृ जनाएको छ । उनको उपचारको क्रममा बिहिबार मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो संगै मकवानपुरका कोरोनाको कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । मृत्यु हुनेमा १९ जना हेटौंडा उपमहानगरपालिकाका र थाहा नगरपालिका,मनहरी,बागमती गाउँपालिकाका एकरएक जना गरी २२ जना रहेका छन् ।