काठमाडौँ, ७ कात्तिक ।
इण्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ ।
राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य हैदराबादले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । हैदराबादको जितमा मनिस पाण्डेले अविजित ८३ रन र विजय शंकरले अविजित ५२ रन बनाए । पाण्डे र शंकरले तेस्रो विकेटका लागि अविजित १ सय ४० रनको साझेदारी गरे ।
यस्तै जोनी बेयरस्टोले १० रन जोड्दा कप्तान डेभिड वार्नर ४ रनमा आउट भए । राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । राजस्थानका लागि सन्जु सामसनले ३६, बेन स्टोकले ३०, रियान परागले २०, रोबिन उथप्पाले १९ र जोफ्रा आर्चरले १६ रन बनाएका थिए । हैदरावादका बलर जासन होल्डरले ३ विकेट लिएका थिए भने विजय शंकर र राशिद खानले एक एक विकेट लिएका थिए ।