राष्ट्रपति भण्डारीले गरिन् रानीपोखरीको उद्घाटन

रामेछाप खबर संवाददाता

काठमाडौं, ५ कात्तिक ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुननिर्मार्ण सम्पन्न भएको ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन्। बुधबार राष्ट्रपति भण्डारीले विशेष कार्यक्रमकाबिच ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी हुन् ।

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण हालै सम्पन्न भएको हो । २०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले नै रानीपोखरी पुननिर्मार्णको शिलान्यास गरेकी थिइन् । पुननिर्मित मन्दिरको उद्घाटन पनि राष्ट्रपति भण्डारीले नै गरेकी हुन् ।

यसअघि गम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुननिर्मार्ण गरिएको छ।

१९९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्मार्ण गरिएको थियो। तर फेरि रानीपोखरीलाई आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलीबाट निर्माण गरिएको हो। शिलान्यास भएको करिब ५ वर्षपछि मात्र रानीपोखरी पुननिर्मार्णको काम सम्पन्न भएको हो ।