काठमाडौं ।
अब चाँडै शरीरमा कोरोनाले संख्या बढाउनबाट रोक्न सकिने भएको छ । अमेरिकी वैज्ञानिकले भाइरसको रेप्लिकेशनलाई रोक्ने नयाँ तरिका विकसित गरेका छन् ।
अनुसन्धान गर्ने यूनिभर्सिटी अफ टेक्सास हेल्थ साइन्सका वैज्ञानिकका अनुसार- कोरोना जुन प्रोटिनको मद्यतबाट संक्रमणपछि शरीरमा आफ्नो संख्या बढाउँछ, त्यहि प्रोटिनलाई रोकिने छ । यसरी भाइरस रेप्लिकेशनलाई रोक्न सकिन्छ ।
अनुसन्धानकर्ताका अनुसार, सार्स कोभ २ पिएलप्रो एन्जाइमको मद्यतबाट आफ्नो संख्या बढाउँछ । हामीले दुई मोलिक्यूल विकसित गरेका छौँ । यसले त्यहि एन्जाइमलाई ब्लक गर्दछ । जर्नल साइन्समा प्रकाशित अनुसन्धानका अनुसार, कोरोनाको पिएलप्रो एन्जाइम संक्रमणको गम्भीरतालाई बढाउँछ ।
यूनिभर्सिटीका एसोसिएट प्रोफेसर शाउन के ओल्सेनले भने, ‘कोरोनाको एन्जाइम दुई तरिकाबाट मानिसलाई समस्यामा पार्छ । पहिलो, यो एन्जाइम त्यो प्रोटिन रिलिज गर्दछ जुन कोरोना आफ्नो संख्या बढाउनमा मद्यत गर्दछ । दोस्रो, यसले इन्फेक्शन हुँदा इम्यूम सिस्टमलाई एलर्ट गर्नेवाला साइटोकाइन र केमोकाइन्सलाई रोक्दछ । यसकारण विरामीको अवस्था नाजूक हुने गर्दछ ।’
प्रोफेसर शाउन भन्छन्— हामीले जुन मोलिक्यूल तयार गरेका छौँ यसलाई भविश्यमा झनै राम्रो बनाउन सकिन्छ । यदि भविश्यमा कोरोनाको दोस्रो तनाव आएमा मोलिक्यूलमा परिवर्तनपछि यसको प्रयोग नयाँ तनावमा गर्न सकिन्छ । एजेन्सी