ओली र प्रचण्डका प्रेस संयोजकको फेसबुक युद्ध

रामेछाप खबर संवाददाता

काठमाडौं, ४ कात्तिक ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजकको फेसबुक युद्धले प्रतिपक्षलाई मनोरञ्जन दिएको छ भने नेकपाका कार्यकर्तामा अन्यौलता थपेको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न अर्का अध्यक्ष दाहाल बिहान बालुवाटार पुगे । उनीहरुबीच कर्णाली प्रदेशमा चलेको सत्तासंघर्षबारे छलफल भएको थियो । उक्त छलफलको निष्कर्ष दुवैका प्रेस संयोजक फेसबुकमार्फत् सार्वजनिक गरेका थिए ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक सूर्य थापाले कर्णाली प्रदेशको राजनीतिक संकट अन्त्य गर्ने चार बुँदे सहमति भएको उल्लेख गरेका छन् । ओलीका प्रेस संयोजक थापाको भनाइ सार्वजनिक भएको केही क्षणपछि नै दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले फेसबुकमार्फत नै अर्को वक्तव्य जारी गरेपछि नेकपाको कार्यकर्तामा अन्योल छाएको थियो ।

सापकोटाले जारी गरेको विज्ञप्तिअनुसार दुई अध्यक्षबीच मंगलबार बिहान बालुवाटारमा भेट भएको तर सहमति नभएको उल्लेख गरेका छन् । आखिर भएको के थियो ?

हेरौं उनीहरुले फेसबुकमा जारी गरेको वक्तव्य जस्ताको त्यस्तै