काठमाडौं, ३ कात्तिक ।
गृह मन्त्रालयले सामाजिक संजाल तथा मोवाइल म्यासेजहरुमा कर्फ्यु लगाइने भन्ने गलत सुचना प्रवाह भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।आज एक बिज्ञप्त्ति जारी गर्दै मन्त्रालयले सुरक्षा संवेदनशील बिषयलाई जोडी संकटकाल कर्फ्यु लाग्ने भन्ने सुचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको जनाएको छ । साथै ती समाचार तथा सन्देशहरुमा बिश्वास नलिन पनि आग्रह गरिएको छ ।गृह मन्त्रालयले यस्ता भ्रामक समाचार तथा सन्देश दिनेलाई गम्भीरतापूर्वक लिएर आवाश्यक अनुशन्धान प्रकृया अघि बढाइ सकेको पनि बताइएको छ ।
यो पनि पढ्नुहोस:
पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ७ सय ९० जनामा को’रोना भाइरसको संक्रमण देखिएको छ । २४ घन्टामा देशका विभिन्न प्रयोग शालामा गरिएको परीक्षणका क्रममा ३ हजार ७ सय ९० जनामा को’रोना भा’इरसको संक्रमण पोजे टिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।
यो सहित नेपालमा को’रोना सं’क्रमित हुनेको जम्मा संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजार ३ सय ३५ सय जना सं’क्रमण मुक्त भएका छन। योसँगै ८९ हजार ८ सय ४० जना निको भएका छन। यस्तै पछिल्लो २४ घण्टामा १५ हजार ७ सय १४ जनाको पीसीआर प’रीक्षण भएको छ । हाल देशभर ४० हजार ७ सय ७८ जना सक्रिय सं’क्रमित रहेका छन।
यस्तै पछिल्लो २४ घन्टामा नेपालमा को’रोना संक्रमणवाट थप १८ जनाको नि’धन भएको छ। योसँगै को’रोना संक्रमणवाट आजसम्म नि’धन हुनेहरुको जम्मा संख्या ७५७ पुगेको छ।आज आईतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो जानकारी दिएका हुन।