झापा, २ कार्तिक ।
झापामा दसैंभर राति ८ देखि बिहान ५ बजेसम्म ‘लकडाउन’ गरिने भएको छ । कोरोनाको बढ्दो संक्रमणको जोखिम कम गर्नका लागी जिल्ला प्रशासन झापाले यस्तो निर्णय गरेको हो ।
कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रले शुक्रबार गरेको निर्णयअनुसार संक्रामक रोग ऐन २०२० को दफा २ ले अधिकार र स्थानीय शासन ऐन २०२८को दफा ६९३० बमोजिम आइतबारदेखि लागू हुनेगरी राति ८ देखि बिहान ५ बजेसम्म अत्यावश्क कामबाहेक हिँड्डुल गर्न र सवारी सञ्चालन नगर्न र होटल व्ययवसाय र पसलहरु समेत बन्द गर्न भनिएको छ ।
यो व्यवस्था आइतबारदेखि कात्तिक १४ गते कोजाग्रत पूर्णिमाका दिनसम्म लागू हुने जनाइएको छ ।
थप २३ सय २६ जना कोरोनामुक्त, निको हुनेको संख्या ९२ हजार नाघे
नेपालमा गत २४ घण्टामा थप २ हजार ३ सय २६ जनाले कोरोना जितेका छन् ।
आइतबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय २६ जना संक्रमणमुक्त भएको जानकारी दिए ।
योसहित निको हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ ।
गत २४ घण्टामा थप २ हजार ९ सय ४२ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ ।
हाल देशभर संक्रमितको संख्या ३९ हजार ३ सय ४१ पुगेको छ ।
हाल ३०१ जना आइसियुमा छन र ती मध्ये ६६ जना भेन्टिलेटरमा छन् ।
पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ७ सय ३९ जना पुगेको छ ।