काठमाडौँ, २ कार्तिक ।
मुलुककै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार भित्रै पहिलो पटक कोरोनो संक्रमित फेला परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ३२ वर्षीया शाखा अधिकृतलाई कोरोना भाइरसको संक्रमण देखिएको छ टेकु प्रयोगशालामा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको मन्त्रालयले स्रोतले जनाएको छ ।सिंहदरबारभित्र कार्यरत कर्मचारीहरुको कोरोना परीक्षण गरिएकोमा क जनामा कोरोना संक्रमण पृष्टि भएको हो ।
सयौं कर्मचारीहरुको स्वाम परिक्षण गरिएकोमा एक जनाको पोजेटिभ देखिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालय स्रोतले जनाएको छ । मुलुकको प्रमुख प्रशासनिक निकायका रूपमा रहेको सिंहदरबारभित्र पनि कोरोना संक्रमितको दर बढेपछि ९० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ । सिंहदरबारमा सुरक्षाकर्मीबाट सुरु भएको कोरोनाले मन्त्री, सचिव तथा उच्चपदस्थलाई झस्काउन थालेको छ । मन्त्रीहरू पनि केही समय कार्यालयमा आएर छिटो छिटो फर्कन थालेका छन् ।सिंहदरबारभित्रै कर्मचारी तथा सुरक्षाकर्मीमा कोरोना संक्रमित हुने क्रम बढेपछि मन्त्रालयका सचिव तथा सहसचिवसमेत कोरोना सर्ने जोखिमका कारण मन्त्रालय आउनै छाडेका छन् ।
सिंहदरबारमा कोरोना फैलिएसँगै कतिपय मन्त्रालयका महत्वपुर्ण नीतिगत निर्णयहरू गर्ने कार्यसमेत प्रभावित भएको छ । सिंहदरबार प्रवेशद्वार र मन्त्रालयमा कडा सुरक्षा मापदण्ड अपनाइएको भए पनि कोरोना संक्रमित हुने क्रम बढेको हो । सरकारले तल्लो तहका कर्मचारीलाई घरबाटै काम गर्ने गरी (वर्क फ्रम होम) व्यवस्था मिलाएको भए पनि कोरोना संक्रमितको संख्या बढेसँगै उपल्लो तहका कर्मचारीहरू पनि घरमै बस्न थालेका छन् ।
मन्त्रीहरू पनि केही समय कार्यालयमा आएर छिटो छिटो फर्कन थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हालसम्म सिंहदरबारभित्र सुरक्षाकर्मी, कार्यालय सहयोगी, चालक तथा अधिकृत समेत गरी झन्डै १५ जना संक्रमित भेटिएका छन् ।सिंहदरबार प्रवेशद्वार र मन्त्रालयमा कडा सुरक्षा मापदण्ड अपनाइएको भए पनि कोरोना संक्रमित हुने क्रम बढेको हो ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले काठमाडौंमा निषेधाज्ञा भएलगत्तै सिंहदरबारका ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाइएको बताए ।सरकारले तल्लो तहका कर्मचारीलाई घरबाटै काम गर्ने गरी (वर्क फ्रम होम) व्यवस्था मिलाएको भए पनि कोरोना संक्रमण बढेसँगै उपल्लो तहका कर्मचारीहरू पनि घरमै बस्न थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हालसम्म सिंहदरबारभित्र सुरक्षाकर्मी, कार्यालय सहयोगी, चालक तथा अधिकृत समेत गरी झन्डै १५ जना संक्रमित भेटिएका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले काठमाडाैंमा निषेधाज्ञा भएलगत्तै सिंहदरबारका ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाइएको बताए ।