स्वास्थ्यमा समस्या भएपछि कमल थापा अस्पताल भर्ना

रामेछाप खबर संवाददाता

काठमाडौँ, २ कात्तिक ।

कोरोना भाइरस संक्रमित बनेका राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना भएका छन् । टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि अध्यक्ष थापा शुक्रबार चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका हुन् ।

पूर्वउपप्रधानमन्त्री रहेका थापाको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको अस्पतालका प्रबन्ध सञ्‍चालक बाबुकाजी कार्कीले शनिबार विज्ञप्तिमार्फत जनाएका छन् । उनका अनुसार थापाको उपचारमा मेडिकल डाइरेक्टर समेत रहेका डा. विश्वनाथ कोइराला, डा. सुबोध सागर ढकाल, डा.प्रमेश सुन्दर श्रेष्ठ लगायतको टोली संलग्न रहेको छ ।

चिकित्सकहरुका अनुसार अध्यक्ष थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनमा ज्वरो नियन्त्रणमा आएको र श्वासप्रश्वासको समस्या समेत नदेखिएको विज्ञप्तिमा उल्लेख छ ।

थापालाई स्वास्थ्य समस्या देखिएपछि परीक्षण गर्दा बुधबार कोरोना पोजिटिभ देखिएको थियो ।