सम्पुर्ण पसल,बजार र यातायात बन्द रहने गरि फेरि एक महिना कडा लकडाउन

रामेछाप खबर संवाददाता

काठमाडौँ, १ कात्तिक ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि देशव्यापी कडा लकडाउन गर्न सिफारिस गरेको छ । कोरोना संक्रमणको संख्या तीव्र गतिमा बढ्दै गएपछि मन्त्रालयले सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बिहान बसेको बैठकले फेरि एक महिनाको लागि सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरिसकेको प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन ।

कोरोना संक्रमणको संख्या तीव्र गतिमा बढ्दै गएपछि सबै सेवा र व्यवसाय एक महिना नखोल्ने गरी मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सिफारिस गरिसकेको छ’, डाक्टर जागेश्वरले भने, ‘कोरोना संक्रमणको संख्या तीव्र गतिमा बढ्दै गएकोले अहिले अवस्था जटिल बन्दै गइरहेको छ । त्ययस कारण यस्तो सिफारिस गरिएको हो । गौतमका अनुसार अहिले कोरोनाका १७ हजार सक्रिय संक्रमित छन ।

यदि सक्रिय संक्रमितको संख्या २५ हजार पुगेको खण्डमा लकडाउन गर्नुपर्ने सिफारिस पनि मन्त्रालयले सरकारलाई गरिसकेको छ। ‘यतिबेला १७ हजार सक्रिय संक्रमित छन्। कुनै दिन २५ हजार सक्रिय संक्रमित भएमा फेरि पनि देशव्यापी कडा लकडाउन गर्ने गरी सिफारिस गरिएको छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय नाकाहरुमा हेल्थ डेस्क स्थापनाका लागि दरबन्दी पुनरवालोकन गर्ने पनि निर्णय भईसकेको छ ।