काठमाडौँ, १ कत्तिक ।
युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाइट राइडर्समाथि मुम्बई इन्डियन्सले सहज जित निकालेको छ। शेख जायद रंगशालामा शुक्रबार राति भएको खेलमा मुम्बईले ८ विकेटले जित निकालेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । कोलकाताका लागि पाट कुमिन्सले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै कप्तान इओन मोर्गानले ३९ रन बनाए भने सुबमन गिलले २१ रन जोडे।
कोलकत्तालाई सस्तैमा रोक्न मुम्बईका राहुल चाहरले कसिलो बलिङ गरे। ४ ओभर बलिङ गरेका उनले १८ रन खर्चिएर २ विकेट लिए। त्यस्तै ट्रेन्ट बोल्टले १ विकेट लिए। नाथन कोल्टर निल र जसप्रित बुम्राहको नाममा पनि १/१ विकेट रह्यो।
जवाफमा मुम्बईले १४९ रनको लक्ष्य २ विकेट गुमाउँदै १६.५ ओभरमै भेट्टायो। मुम्बईका लागि ओपनर क्विन्टन डी ककले ७८ रन बनाए। उनले ४४ बलमा ३ छक्का र ९ चौका हिर्काए। त्यस्तै कप्तान रोहित शर्माले ३५ रन जोडे भने हार्दिक पान्ड्याले २१ रन बनाए।
कोलकोताका बलर वरुण चक्रवर्ती र शिभम माभीले एक एक विकेट लिए ।