नेकपा प्रवक्ता श्रेष्ठलाई सत्ताको तुजुक नदेखाउन पूर्वप्रधानमन्त्री भट्टराईको चेतावनी

रामेछाप खबर संवाददाता

काठमाडौं, २८ असोज ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सत्ताको तुजुक नदेखाउन चेतावनी दिएका छन् ।

बूढीगण्डकी जलविद्युत आयोजनाबाट नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले अर्बौ घुस लिएको आरोप बावुरामले लगाएका थिए ।

प्रवक्ता श्रेष्ठले बुधवार विज्ञप्ति प्रकाशित गरी घुस लिएको कपोकल्पित आरोपबारे बावुरामले सार्वजनिक माफी माग्नु पर्ने बताएका थिए ।

‘बुढीगण्डकी, एनसेल, वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु । जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउ’ भट्टराईले बुधवार साझ ट्वीट गर्दै भनेका छन् ।

भट्टराईले श्रेष्ठलाई जस्केलाबाट संसद छिरेको आरोप लगाएका छन् ।