काठमाडौं, २८ असोज ।
पूर्वअधिराज कुमारी प्रेरणालाई छाउनीको जग्गा छाड्न दिएको समयसिमा ६ महिनाको समयसिमा सकिएपछि शाहले थप पुन एकवर्षको समय मागेकि छन् ।
छाउनीस्थित १५ रोपनी १ आना घरजग्गा खालि नेपाल ट्रष्टले ६ महिनाको समयसिमा दिएको थियो । त्यसकालागि पनि समय सकिएपछि अझै एकवर्ष थप बस्न पाउनुपर्ने माग राखेको पाइएको छ ।
बैशाखमा बसेको बोर्ड बैठकले राज्यलक्ष्मी शाहलाई ६ महिनाको समयसिमा थिएको थियो । अधिराजकुमारी शाहले प्रयोग र दाबी गर्दै आएको सो घर जग्गा सर्वौच्च अदालतले २०७६ माघ २४ गते नेपाल ट्रष्टको अन्तर्गतको हुनेगरी अन्तिम फैसला सुनाएको थियो ।
अदालतले अन्मित फैसला सुनाएपछि अधिराजराज कुमारी शाहले रक्षा तथा उपप्रधानमन्त्री इश्वर पोखरेललाई फागुनमा पत्र लेख्दै ठाउँ खाली गर्नका लागि समयदिन माग गरेकि थिइन् ।
सो मागलाई सम्बोधन गर्दै ट्रष्टले ६ महिनाको समयदिएको ट्रष्टले दिएको थियो ।
सर्वाेच्च अदालतले अन्तिम फैसला सुनाएपछि उनले सो घरजग्गा छाड्नुपर्ने बाध्यता छ । नछाडेको स्थितिमा सर्वाेच्च अदालतको फैसला कार्यान्वयन इकाइले बल प्रयोग गरेर भए पनि खालि गराउन सक्थ्यो । यद्यपी, फैसलाको पूर्णपाठ नआउन्जेलसम्म उनले छाउनीको सो घरजग्गामा बसोबास लम्ब्याउन सक्थिन् ।
तर, उनले फैसलाको पूर्णपाठ प्रतीक्षा नगरी खालि गर्न तयार रहेको उल्लेख गर्दै त्यसका लागि केही समय दिन आग्रह गरेकि थिइन् सो आग्रहलाई नेपाल ट्रष्टले ६ महिनाभित्र सरिसक्न लागि अधिराज कुमारीलाईपत्र पठाएको नेपाल ट्रष्टका सूचना अधिकारी शोभि रिजालले जानकारी दिए ।
उहाँलाई ६ महिनाको समयसिमा दिएकै हो,तर पनि उहाँले अझै एकवर्षको समय माग गर्नुभएको छ अब सकिदैन अब नसरेको खण्डमा बल प्रयोगगरेर भएपनि जग्गा खालीगर्ने तयारी रहेको ट्रष्ट एक अधिकारीले जानकारी दिए ।
राजा वीरेन्द्र–ज्ञानेन्द्रकी फूपु स्वर्गीय विजया शाह (राजा त्रिभुवनकी अविवाहित कान्छी छोरी)ले उपभोग गर्दै आएको छाउनीको सो घरजग्गा शाही शासनकाल १० जेठ २०६२ मा तत्कालीन राजा ज्ञानेन्द्रले छोरी प्रेरणालाई दाइजो स्वरुप दिएका थिए । प्रेरणाको त्यस अगावै राजबहादुर सिंहसँग विवाह भइसकेको थियो ।
त्यसअघि भीमसेन गुठी तथा बन्धन गुठीको नाममा रहेको सो घरजग्गा २ जेठ (०६२) मा ‘श्री ५ महाराजधिराज, नारायणहिटी राजदरवार’का नाममा ल्याइएको थियो ।
तर, गणतन्त्र स्थापना भएपछि सरकारले नेपाल ट्रष्ट स्थापना गरी राजा वीरेन्द्रको नाममा रहेको सम्पत्ति ट्रष्टमा ल्याउने निर्णय गर्यो । सोही निर्णय बमोजिम छाउनीको सो घरजग्गा पनि नेपाल ट्रष्ट मातहत ल्याउने निर्णय भयो ।
त्यसपछि ट्रष्टले प्रेरणालाई सो घरजग्गा छाडिदिन आग्रह गर्दै पत्राचार गर्यो । पत्राचारपछि मात्र आफूमाथि अन्याय भएको बताउँदै प्रेरणाले सर्वाेच्चमा मुद्दा दर्ता गरिन् ।
सर्वाेच्चले प्रेरणाको पक्षमा फैसला सुनायो । सो फैसला उपर ट्रष्टले सर्वाेच्चमा पुनरावलोकनको निवेदेन दियो । ट्रष्टको माग बमोजिम तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको पूर्ण इजलासले कानुन बमोजिम सो घरजग्गा ट्रष्टको हुने निर्णय सुनाएको थियो ।
आफू प्रतिकूल निर्णय आएपछि प्रेरणा पनि सर्वाेच्च अदालत पुगिन् । तर, २४ माघ (०७६) मा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहितको सम्बैधानिक इजलासले सो घरजग्गा ट्रष्टको हुने अन्तिम फैसला सुनाइदियो । स्मरणीय छ, प्रेरणाको पक्षमा पहिलो फैसलापनि राणाकै इजलासले गरेको थियो ।
पहिलो फैसला प्रेरणाकै पक्षमा भएकाले उनी त्यहाँ बस्ने भइहालिन् । तर, दोस्रो फैसला आफूविरुद्ध आएपछि फेरि सोविरुद्ध रिट दायर गरिन् । तेस्रो फैसला आफू प्रतिकूल भएपछि उनले सरकारसँग केही समय माग गर्दै घर सर्ने तयारी गरेकी थिइन् । सो अनरुप ट्रष्टले बस्ने सर्नेका लागि म्याद दिएको थियो ।