कतार सरकारले माग्यो नेपालसंग घरेलु श्रमिक, यस्तो छ सेवा-सुविधाको प्रस्ताव

रामेछाप खबर संवाददाता

कतार, २७ असोज ।

कतारले नेपाल सरकारलाई घरेलु श्रमिकका रुपमा नेपाली कामार लैजाने इच्छा व्यक्त गरेको छ । यसअघि पनि कतारले नेपाबाट घरेलु कामदार लैजाने इच्छा व्यक्त गर्दै नेपाल सरकारलाई कामदार लौजाने बिषयमा सम्झौता गर्न आग्रह गरेको थियो । कतारले अन्य औपचारिक रुपमा लाँदै गरेको कमदार जसरी नै घरेलु क्षेत्रका लागि पनि कमदार लैजान लागेको हो ।

नेपाल सरकारले कतारसँग घरेलु श्रम क्षेत्रका लागि छुट्टै श्रम सम्झौता नभएको भन्दै केही समयअघिबाट श्रम स्वीकृतिमा रोक लगाएको थियो । सो कारण बर्षैदेखि रोजगारदातासँग रोजगार सम्बन्ध भएका श्रमिकहरू श्रम स्वीकृति नपाउने भएपछि स्वदेश आउन सकि रहेका छैनन् । हाल कतारमा ५० हजारभन्दा बढी नेपाली घरेलु कामदारका रुपमा रहेको तथ्याङ्कले देखाएको छ ।

कतारले पछिल्लो समय सहजै रोजगारी परिवर्तन गर्न पाउने र न्यूनतम तलब लागू गर्ने प्रावधान घरेलु श्रमिकको हकमा पनि लागू गरेर कामदारहरुलाई सहजता भने बनाइ दिएको छ । नेपालका तर्फ बाट नीति अनुसा घरेलु कामादर लैजान सक्ने अवस्था नरहे पनि औपचारिक क्षेत्र जसरी नै घरेलु श्रमिक लैजाने कतारको चाहना रहेको छ । औपचारिक क्षेत्रभित्रै घरेलु श्रमिकलाई समेटिएपछि छुट्टै श्रम सम्झौता आवश्यक नपर्ने कतारको भनाइ छ ।

कतारको प्रस्ताव अनुसार आउँदो मार्च देखि घरेलु श्रमिकलाई लैजानेगरी एक हजार रियाल तलब दिइने बताइएको छ । त्यस्तै दैनिक रूपमा बढीमा १० घण्टा काम र हप्तामा एक दिन बिदाको प्रबन्ध गर्ने कतारको भनाइ छ । सो बिषयमा नेपालका तर्फ बाट पनि सकारात्मक प्रतिकृया दियएको छ । नेपाली श्रमिकको हितलाई ध्यान दिएर आवश्यक प्रक्रिया अगाडि बढाइने नेपाल पक्षका प्रतिनिधिरुको भनाइ छ । मलायाखबरबाट