काठमाडौं ।
कोरोना संकटको समयमा भाडा नदिएको भन्दै घरबेटीले घरबाट निकालेका घटनाहरु नेपालमा पनि नभएका होईनन् । तर भारत, उत्तर प्रदेशको हमीरपुर जिल्लामा मानवतालाई लज्जित पार्ने एउटा घटना भएको छ।घरको भाडा तिर्न नसकेपछि एक घरधनीले केही महिलासँग मिलेर एक विधवालाई रूखमा बाँधेर अमानविय हर्कत गरेका छन् ।
यति मात्र होइन, विधवाको सबै सरसामान पनि घरबाट बाहिर फ्याकिएको छ । यस घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेर महिलालाई उद्धार गर्न सफल भएको छ ।प्रहरीका अनुसार आरोपितका विरुद्ध कारबाही सुरु गरिएको छ । हमीरपुरको जेल पोखरीमा बस्ने शोभा देवीको श्रीमान्को धेरै वर्ष अघि मृत्यु भयो ।
उनी भागीरथ प्रजापतिको घरमा भाँडामा बसिरहेकी थिइन् । एक श्रमिक शोभा देवी कोरोना युगमा काम नभएकोले धेरै महिनासम्म घरको भाडा तिर्न नसक्ने अवस्थामा थिइन् ।भाडा नदिएको भन्दै रिसाएका घरधनीले केही महिलाहरूसँग मिलेर शोभा देवीलाई बलपूर्वक घरबाट बाहिर लगेर रूखमा बाँधिदिएका हुन् । शोभा देवीको सबै सामान घर बाहिर फ्याकिएको छ । घटना सम्बन्धमका आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।