दुहवीमा भएको सडक दुर्घटनामा परी सुन्दरहरैंचाका दाहालकाे घटनास्थलमै ज्यान गयाे

रामेछाप खबर संवाददाता

सुनसरी, २५ असोज ।

सुनसरीको दुहवी नगरपालिका अन्तर्गत साेनापुरस्थित कदमगाछि चाैकमा आज साँझ करीब ४:३० बजे भएकाे सवारी दुर्घटनामा सुन्दरहरैचाका एक जनाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा सुन्दरहरैंचाका अन्दाजी ७० बर्षका कृष्णप्रसाद दाहाल रहेको प्रहरीले जानकारी दिएको छ।

दाहाल विराटनगरबाट इटहरी अाउँदै गर्दा उनी चडेकाे माेटरसाइकललाई साेहि दिशाबाट अाउँदै गरेकाे पेट्राेल ट्याङ्करले ठक्कर दिएकाे प्रत्यक्षदर्शीले बताएका छन् ।

ट्याङ्करले ठक्कर दिएपछि दाहालको घट्नास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएको छ। ट्याङ्कर चालकलाई तत्काल नियन्त्रणमा लिइएको पनि प्रहरीले जनाएको छ।

दाहाल सुन्दरपुरहरैंचाका राजनितिक व्यक्तित्व, तत्कालिन सुन्दरपुर गाविसका दुई कार्यकालका अध्यक्ष, सहकारी अभियन्ता तथा सप्तकोसी एफएमका भूतपूर्व अध्यक्ष समेत हुन्।