बाबुरामलाई कांग्रेसको चुनौती : ९ अर्ब बाँडेर खाएको प्रमाण देऊ

रामेछाप खबर संवाददाता

काठमाडौं, २५ असोज ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण ल्याउन डा. बाबुराम भट्टराईलाई चुनौती दिएका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले हालै गोरखामा आयोजित एक कार्यक्रममा बुढीगण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको आरोप लगाएका थिए । त्यसको प्रमाण दिन समेत आफू तयार रहेको उनले बताएका थिए ।

कांग्रेसले भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन् । केवल आवेगको भरमा गर्ने टिप्पणीले क्षणिक लाभ दिए पनि सम्बन्धित व्यक्तिको ओज र राजनीतिको गरिमा नबढ्ने भन्दै कांग्रेसले भनेको छ, यति हेक्का डा. भट्टराईले राख्नुभएकै छ भन्ने अपेक्षा लिएका छौं ।’

यो समाचार अनलाइनखबरमा प्रकाशित भएको छ।