काठमाडौँ ।
दीपाश्री निरौला जीतु नेपालको ‘मुन्द्रेको कमेडी क्लब’बाट बाहिरिएकी छिन् । अब शोमा उनको ठाउँमा अभिनेत्री करिश्मा मानन्धर देखिने भएकी छिन् । पछिल्लो समय दीपा ‘महानायक’ विवादमा मुछिएकी थिइन् । राजेश हमालबारे दिएको अभिव्यक्तिकै कारण सामाजिक सञ्जालमा उनको आलोचना गरिएको थियो । विवादका क्रममा आएका नकारात्मक टिप्पणीले आफू ‘डिप्रेसन’को नजिक पुगेको समेत उनको भनाइ थियो ।
हालै उनी ‘मुन्द्रेको कमेडी क्लब’बाट बाहिरिएको समाचार बाहिरियो । विवादकै कारण उनलाई निकालेको भन्ने चर्चा पनि चल्यो । विवादकै कारण आफूप्रति नकारात्मक भएका दर्शकका कारण कार्यक्रमलाई असर नगरोस् भनेर कार्यक्रमबाट बाहिरिएको दीपा बताउँछन् । ‘विवादपछि जति दर्शक मप्रति नकरात्मक हुनु भएको छ ती दर्शकले जीतुलाई असर गर्ला कि भनेर डर लाग्यो । अरु त केही होइन । जीतु बनिनु नै मेरो लागि खुशीको कुरा हो’ उनले भनिन्, मेरो कारणले भोलि उसलाई नानाथरिका कुरा आउला भनेर सल्लाह गरेरै कार्यक्रम छोडें ।’
पहिलो सिजनमा आफूले कार्यक्रम अवधिभर रमाइलो गरेको बताउँछिन् दीपा । ‘म एकदम हाँस्न मन पराउने मान्छे । पहिलो सिजनमा दर्शकले मेरो हाँसो र कमेडी राम्रो थियो भनेर कमेन्ट गरिदिनु भयो । म करिश्मा दिदीलाई शुभकामना दिन चाहन्छु,’
‘मुन्द्रेको कमेडी क्लब’का संचालक जीतुले निर्माण टिमले नै कार्यक्रमको अध्यक्षता परिवर्तन गर्ने कुरा राखेपछि अभिनेत्री करिश्मा फाइनल भएको बताए । ‘पहिलो सिजनमा ७६ श्रृङ्खला हामीले बनायौं ।
‘विवादकै कारण भन्ने चाहिँ होइन ।’ दोस्रो सिजनमा हाम्रो कलाकार सेटअप चेन्ज छ । त्यसैले अध्यक्ष पनि परिवर्तन गरौं भन्ने निर्माण टिमले कुरा गर्नुभयो । त्यसैले परिवर्तन गरेको उनको भनाइ छ ।