पाल्पा, २४ असोज ।
पाल्पाको निस्दी गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।
आगामी कात्तिक १ गतेसम्म अत्यवश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्यालले जानकारी दिनुभयो ।
सम्पूर्ण शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, होटल तथा रेष्टुरेण्ट, निजी तथा सार्वजनिक सवारी साधनसमेत पूर्ण रुपमा बन्द गर्न भनिएको छ ।
शुक्रबार राती १२ बजेदेखि कात्तिक १ गते राती १२ बजेसम्म यो लागू हुनेछ । इमर्जेन्सी बाहेक सबै स्वास्थ्य संस्था बन्द हुने अर्यालले बताए। खाद्यन्न पसल भने विहान ६ बजेदेखि ८ बजेसम्म खुल्नेछन् ।
स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्ने छ। खाद्यन्न ढुवानी गर्न गाउँपालिकाको अनुमति लिनुपर्नेछ। एम्बुलेन्स चौबीसै घण्टा खुला रहने उनले बताए। समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएपछि गाउँपालिका र मातहतका सबै कार्यालय बन्द गरिएको छ ।
दशैँ नजिकिदै गर्दा स्वास्थ्य मन्त्रालयले भर्खर गरे यस्तो सूचना सार्वजनिक
नेपालमा कोरोना संक्रमण बढिरहेको भन्दै स्वास्थ्य मन्त्रालयले अनलाइनबाटै टिका लगाउन अनुरोध गरेको छ ।मान्यजनबाट आशिर्बाद लिन धेरै यात्रा नगर्न तथा बुढापाका संग आशिर्बाद अथवा टिका नलगाउन अनुरोध गरेको हो ।धेरै भि’डभाड मा जम्मा भएर टिका लगाउदा संक्रमण सारेर दुर्घटना निम्तन सक्ने मन्त्रालयले बताएको छ ।घरमै बसेर घरमै बनेका परिकार खाएर दशैँ मनाउदा आफु पनि बच्न सकिने र अरुलाई पनि बचाउन सकिने मन्त्रालयले जनाएको छ ।त्यस्तै नेपालमा पछिलो २४ घन्टामा थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमका अनुसार १३२७९ जनामा गरिएको पीसीआर परिक्षणमा थप २०५९ जनालाई पुष्टि भएको हो ।यस संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ ।प्रबक्ता गौतमका अनुसार आज देशभरी सक्रिय संक्रमितको संख्या २७०५३ जना रहेको छ। यस अघि हिजो १८४७३ जनामा गरिएको पीसीआर परिक्षणमा एकैदिन ४३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।प्रबक्ता गौतमका अनुसार कोरोनालाई जितेर पछिलो २४ घन्टामा १६८० जना घर फर्किएका छन् ।प्रबक्ता गौतमका अनुसार कोरोनालाई जितेर घर फर्कनेको संख्या ७३०२३ पुगेको छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार पछिलो २४ घन्टामा कोरोना संक्रमण बाट १२ जनाको ज्यान गएको छ ।मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ ।मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजार ११६, ललितपुरमा १६३ र भक्तपुरमा १३० जना नयाँ संक्रमित थपिएका छन्।