जिल्लामा फेरी हुने भयो लकडाउन,हजुरको जिल्ला त परेन?एकचोटी हेर्नुहोस

रामेछाप खबर संवाददाता

काठमाडौं, २४ असोज ।

देशको संघीय राजधानी काठमाडाैं काेराेना ‘हट स्पट’ बन्दै गएपछि सरकारले फेरी लकडाउन गर्ने तयारी थालेको छ ।सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशभर एकसाथ लकडाउन गर्ने अवस्था नभएको तर अति प्रभावित ठाउँमा भने लकडाउन हुने बताए ।उनले भने -‘फेरि नेपालमा राष्ट्रव्यापी लकडाउन हुने सम्भावना छैन । उनका अनुसार सं’क्रमण अध्यधिक बढ्यो भने ‘हट स्पट’हरुमा चाहिँ स्थानीय प्रशासनले निषेधाज्ञा लगाउन वा सिल वा लकडाउन गर्नसक्छ ।

सरकारका प्रवक्ता मन्त्री ज्ञवाली भन्छन्, ‘अहिले दैनिक भेटिने सं’क्रमितमा आधाभन्दा बढी काठमाडौं उपत्यकाकै छन्, आइसोलेसन वार्डहरु पनि भरिँदै गएका छन् ।यी हुन ८ जहा जिल्ला प्रशासनले निषेधाज्ञा लगाउन वा सिल वा लकडाउन गर्नसक्छ काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, चितवन, रुपन्देही, सुनसरी, सुर्खेत

यीनलाई मन्त्री बनाउन ओली राजी, प्रचण्डको गोजीबाट यी नाम

प्रधानमन्त्री केपी शर्मा ओलीले भरसक दशैं अघि मन्त्रीमण्डल पुर्नगठन गर्ने छाँट देखाएका छैनन् । तर, गर्नैपर्ने उनको सूची तयार छ । ओलीले आफ्नो सूचीबाट मात्र नभई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सूचीमा समेत आफ्ना मान्छे पार्न चाहेका छन् ।

ओलीको सूचीमा इश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, लेखराज भट्ट र भानुभक्त ढकालले निरन्तरता पाउने बुझिएको छ । विष्णु पौडेललाई अर्थ दिने, भीम रावल, सुरेन्द्र पाण्डे, तुलसा थापा, महेश बस्नेत र किसान श्रेष्ठलाई पनि मन्त्री बनाउने तयारी छ । तुलसालाई मन्त्री बनाएर वामदेव गौतमलाई चुप लगाउने ओलीको तयारी छ ।

यसपटक गिरिराजमणि पोखरेल, धनश्याम भुषाल, पद्मा अर्याल, शक्ति बस्नेत, हृदयश त्रीपाठी, रामेश्वर राय पनि हट्ने सम्भावना छ । पूर्व माओवादीबाट विना मगरलाई पनि निरन्तरता नदिने ओलीको चाहना रहेको बुझिएको छ ।

प्रचण्डले जर्नादन शर्मा, पम्फा भुषाल, देव गुरुङ, मातृका यादव र देवेन्द्र पौडेललाई मन्त्री बनाउन चाहेका छन् । यी नाम बालुवाटार पुगेको छ । तर, ओली गुरुङ र यादवलाई मन्त्री बनाउन चाहिरहेका छैनन् । उनको चाहना टोपबहादुर रायमाझी र प्रभु शाहको नाम आओस् भन्ने रहेको बुझिएको छ । रायमाझीले पछिल्लो समय ओलीलाई साथ दिइरहेका छन् । प्रभु शाह माधवकुमार नेपाललाई रौतहटमा अप्ठ्यारो पार्ने क्षमता राख्छन् ।

ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई साइजमा ल्याउन विरोधीहरुलाई मन्त्रीमण्डलमा सहभागी गराउने तयारी समेत गरेका छन् । यसपटक प्रचण्डलाई साथ छाड्ने, माधवकुमार नेपाललाई चुनौती दिनसक्नेको सम्भावना बलियो देखिएको छ । प्रचण्डलाई संकट पर्दा साथ छाड्ने टोपबहादुर रायमाझीले मन्त्री पाउने सम्भावना छ । लेखराज भट्टले प्रचण्डलाई चुनौती दिएकाले उनको पनि सरकारमा निरन्तरता निश्चितप्रायः छ । रायमाझी प्रचण्डबाट टाढिएका छन् । लेखराज भट्टलाई पनि सरकारमा निरन्तरता दिन खोजेका छन् । भट्ट पछिल्लो समय प्रचण्डको गुट त्यागेका स्थायी कमिटी सदस्य पनि हुन् ।

ओलीले माधव नेपाललाई कडा काउन्टर दिने रणनीति समेत बनाएका छन् । त्यसका लागि नेपालको गृहजिल्ला रौतहटमा असजिलो बनाइदिने गरी प्रभु शाहलाई मन्त्री बनाउने तयारी भएको छ । शाह रौतहटमा निकै प्रभावशाली मानिन्छन् ।