काठमाडौं, २३ असोज ।
सरकारले १८ दिन लकडाउन गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय सं’क्रमित पुगेको अवस्थामा लकडाउन गर्न सिफारिस गरेको छ । सोही अनुसार कोरोना रोकथाम तथा नि’यन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी तयार गरेको हो ।समितिको बैठकले बढिमा १८ दिन लकडाउन गर्नेगरी मोडालिटी तयार पारेको हो । मुख्यसचिव नेतृत्वको कार्यदलले मोडालिटी तयार पारेको जनाइएको छ ।
यद्यपी कहिलेदेखि मोडालिटी अनुसार लकडाउन गर्ने भन्ने टुङ्गो लागेको छैन् । ‘स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय सं’क्रमित भनेका कारण त्यसको पेरिफेरीमा पुगेपछि मोडालिटीको विषयमा थप छलफल होला’ स्रोतले भन्यो ।लकडाउन मोडालिटीमा दशैं चाड मनाउन जाने र फर्किने तथा टिका थाप्न जानेलाई कसरी नि’यन्त्रण गर्ने भन्ने विषयलाई जोड दिने भनिएको जनाइएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यो विषयमा कसरी सहजता ल्याउन सकिन्छ भनेर खोज्न निर्देशन दिईसकेका छन् ।
ओली, दाहाल र देउवाले ९ अर्ब खाएः भट्टराई
पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर बूढीगण्डकी जलविद्युत् आयोजनामा नौ अर्ब रूपैयाँ घोटाला गरेको आरोप लगाएका छन् ।
भट्टराईले ओली, दाहाल र देउवाले नौ अर्ब कमिसन खाएर बूढीगण्डकी जलविद्युत् आयोजना अलपत्र पारेको आरोप लगाएका हुन् । ‘उनीहरूले आयोजनाबाट अर्बौं रूपैयाँ कमिसन लिएर भ्रष्टाचार गरेको प्रमाणित गर्न सकिन्छ,’ भट्टराईले भने ।
भट्टराईले ओलीसँगको संगतले अहिले दाहाल धुरुधुरु रुनुपरेको समेत बताए । पालुङटार नगरपालिका–६ मा बिहीबार आयोजित कार्यकर्ता भेटघाटका क्रममा उनले भने, ‘ओलीको संगतले लौ डुबियो, बर्बाद भो भनेर प्रचण्ड (दाहाल) बिलौना गर्नुहुन्छ ।’ भट्टराईले दाहालसँग अहिले पनि आफ्नो सम्बन्ध रहेको र निवासमा भेट हुँदा उनले बिलौना गरेको बताए । ‘प्रचण्डजी ओलीको फेला पर्नुभयो,’ उनले भने ।
भट्टराईले प्रधानमन्त्रीसमेत रहेका ओली गणतन्त्र र संघीयताविरोधी भएको आरोप पनि लगाए । उनी जिल्लाको विकास निर्माणबारे छलफल गर्न गृहजिल्ला गोरखा आएका थिए । यो समाचार आजको नागरिक दैनिकमा नरहरि सापकोटाले लेखेका छन् ।
पूरा भिडियो हेर्नुस र कृपया यो भिडियो सक्दो shere गरिदिनुहोला।