काठमाडौं, २३ असोज ।
नेपाली सडकमा सर्बाधिक गुड्ने मोटरसाइकल हो बजाज मोटरसाइकल । युवाहरुले रुचाएको यो ब्राण्डका पुल्सर सबै भन्दा लोकप्रिय छ।
नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले दशैँकै मुखमा आफ्ना मोटरसाइकलहरुको मूल्य परिमार्जन गरेको छ । करिब एक महिनाअघि मूल्य बढाएको बजाजले पल्सर १५० मा ३ हजार रुपैयाँले मूल्य बढाएको छ।
त्यस्तै पल्सर १५० टिडीको पनि १ हजार मूल्य बृद्दी गरेको छ । पल्सर एनएस १६० र पल्सर एनएस एबीएस को मूल्यपनि कम्पनीले १ हजार रुपैयाँले बढाएको छ । त्यसैगरी पल्सर एनएस एफआई र एबीएस सहितको मोडलमा २ हजार रुपैयाँले मूल्य बढेको छ।
बजाजले बृद्दी गरेको मोडल मध्य डोमिनारको मुल्य सबै भन्दा धेरै बृद्दी भएको छ । बजाज डोमिनारको मूल्य कम्पनीले १५ हजारले बढाएको छ।
यस्तो छ नयाँ मूल्य
प्लाटिना १ लाख ७२ हजार, डिस्कभर १२५ ड्रमको १ लाख ९२ हजार, डिस्कभर डिस्कको १ लाख ९९ हजार, डिस्कभर एसटीको २ लाख १० हजार रुपैयाँ तोकिएको छ। त्यस्तै पल्सर १२५ को २ लाख २६ हजार ९००, पल्सर १५० को २ लाख ६० हजार ९००, पल्सर १५० टिडीको मूल्य २ लाख ७१ हजार ९००, पल्सर एनएस १६० को २ लाख ९० हजार ९०० रुपैया तोकिएको छ।
त्यसैगरी पल्सर २२० एफको ३ लाख ३६ हजार ९००, पल्सर एनएस एबीएसको ३ लाख ३९ हजार ९००, पल्सर एनएस एफआई र एबीएसको ३ लाख ६० हजार ९००, एभेन्जर स्ट्रीटको ३ लाख १९ हजार ९००, एभेन्जर क्रुजरको २२० को मूल्य ३ लाख ४५ हजार ९०० र डोमिनार ४०० को ५ लाख ४९ हजार रुपैयाँ तोकिएको छ।