दाङमा एक किलो सुनजस्तै पहेँलो धातुसहित ३ जना पक्राउ

रामेछाप खबर संवाददाता

काठमाडौं, २२ असोज ।

सुनजस्तै देखिने पहेँलो धातुसहित दाङमा तीनजना पक्राउ परेका छन्। जुत्तामा लुकाएर सुन ओसारपसार गरिरहेको गोप्य सूचनाको आधारमा जाँच गर्दा तीन जनालाई एक किलो सुन जस्तै देखिने पहेँलो धातुसहित प्रहरीले पक्राउ गरेको हो।

लमही नगरपालिका वडा नं ९ अमिलियाबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काका अनुसार विशेष सुराकीको आधारमा सुन जस्तो पहेँलो देखिने धातुसहित उनीहरुलाई पक्राउ गरिएको हो।

उनीहरूलाई प्रहरीले विशेष सुराकीका आधारमा बिहीबार मध्याह्नतिर दाङको लमही नगरपालिका वडा नं ९ अमिलिया बजार क्षेत्रबाट पक्राउ गरेको हो।

‘पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा पुर्‍याउदै छौँ,’ डिएसपी खड्काले भने, ‘यो घटनाको अध्ययन विस्तृ रुपमा हुन्छ। जुत्ता भित्र लुकाएर सुन जस्तो पहेँलो देखिने बस्तु भेटिएको छ।’

प्रेस विज्ञप्ति सार्वजनिक गरेर घटनाका विस्तृत विवरण सार्वजनिक गरिने उनले बताए।