दुःखद खबर; बुबा भेट्न गएका छोरालाई कोरोना भाइरसले लियो ज्यान

रामेछाप खबर संवाददाता

असोज , २० चितवन ।

बिरामी बुबा भेट्न गएका एक जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । चितवन भीमादका ७१ वर्षीय वृद्ध उनका ९८ वर्षीय बुवा भेट्न चितवन मेडिकल कलेज गएका थिए ।

चितवनमा भएका उनका बुबा तथा भाइलाई कोरोना संक्रमण पुष्टि भएको थियो भने वृद्धलाई पनि कोरोना संक्रमण भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनी चितवनमा अवस्थित भाएको घरमा नै आइसोलेसन बसेका थिए ।आइसोलेसनमा नै उनको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल लैजाने तयारी गर्दागर्दै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

नेपालभर कोरोना सं क्रमितको संख्या ९० हजार नाघ्यो

काठमाडौं ,२० असोज – मंगलबार देशभर १ हजार ५५१ जना कोरोनाका सं क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका १ हजार ५५१ सं क्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट सं क्रमित हुनेको संख्या ९० हजार ८१४ पुगेको छ।

हालसम्म ६७ हजार ५४२ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा २ हजार ३४० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ।

यस्तै आज काठमाडौं उपत्यकामा १ हजार १७ जना सं क्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा ७८३ , ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ जनाको मृ त्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृ त्यु हुनेको संख्या ५६३ पुगेको छ। गत २४ घण्टामा ११ हजार ४७ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार २२१ जना क्वारेन्टिनमा रहेका छन्।

पूरा भिडियो हेर्नुस र कृपया यो भिडियो सक्दो shere गरिदिनुहोला।