कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

रामेछाप खबर संवाददाता

काठमाडौं, २० असोज ।

कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला देवी कोरोना सं क्रमित भएका छन् । कलाकार आचार्यले सामाजिक सञ्जालमार्फत आफूहरु सं क्रमित भएको जानकारी दिँदै आफूहरुको सम्पर्कमा आएका व्यक्तिहरुलाई स चेत रहन भनेका छन्।

आचार्यले आफूहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘सामान्य ल क्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिलाको पीसीआर गरेका थियौं, हामी दुवै जनाको कोरोना सं क्रमण पुष्टि भएको रिपोर्ट आज आयो। हाम्रो स्वास्थ्य अवस्था सामान्य छ, हामीसँग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेशनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला। यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना सं क्रमणलाई जित्ने छौं। कोरोना सं क्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं ।’

नेपालभर कोरोना सं क्रमितको संख्या ९० हजार नाघ्यो

काठमाडौं ,२० असोज – मंगलबार देशभर १ हजार ५५१ जना कोरोनाका सं क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका १ हजार ५५१ सं क्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट सं क्रमित हुनेको संख्या ९० हजार ८१४ पुगेको छ।

हालसम्म ६७ हजार ५४२ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा २ हजार ३४० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ।

यस्तै आज काठमाडौं उपत्यकामा १ हजार १७ जना सं क्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा ७८३ , ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ जनाको मृ त्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृ त्यु हुनेको संख्या ५६३ पुगेको छ। गत २४ घण्टामा ११ हजार ४७ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार २२१ जना क्वारेन्टिनमा रहेका छन्।

पूरा भिडियो हेर्नुस र कृपया यो भिडियो सक्दो shere गरिदिनुहोला।