काठमाडौँ ।
सिन्धुपाल्चोकका सुजन बाबु गुरुङको जीवन केहि दिनअघिसम्म सामान्य थियो । आफ्नो गाउने कलालाई दबाउँदै उनी दैनिक बुढानिलकण्ठ रत्नपार्क रुटको गाडी चालकको रुपमा आफ्नो जीविको चलाउँदै थिए । त्यसैबिच २३ बर्षका सुजनको जीवनमा ठुलो परिवर्तन आयो, जब उनको बारेमा थाहा पाएर कलाकार सँचारकर्मी शिशिर भण्डारी उनको प्रतिभाको भिडियो बनाए ।
११ बर्षको उमेरमा गरिवीले पिरोलेपछि काठमाडौंमा आएर अनेकौं सँघार्ष गरेका सुजनको जीवन कथाले सबैलाई रुवायो र उनको कलाले सबैको मन लोभ्यायो । सबैको माया पाएपछि शिशिरले पहिलो अन्तर्वार्तामै गरेको बाचा पुरा गरे । उनले सुजनको गीत रेकर्ड गराए र भिडियो सहित बजारमा ल्याए । अहिले गीतको चौतर्फी चर्चा छ । सबैले गीतको शव्द र सँगीत सँगै गायक गायिकाको आवाजको तारिफ गरेका छन् । सुजन सँगै रचना रिमालले गीत गाएकी छिन् भने शिशिर भण्डारी आफैले शव्द र सँगीत भरेका छन् ।
भिडियो हेर्नुस
पूरा भिडियो हेर्नुस र कृपया यो भिडियो सक्दो shere गरिदिनुहोला।