सल्यानमा भेटिएको बेवारिसे शिशुकी आमाको पहिचान खुल्यो,यस्तो रहेछ छोड्नुको कारण

रामेछाप खबर संवाददाता

काठमाडौं, २० असोज ।

बेवारिसे अवस्थामा फेला परेका भनिएका नवजात शिशुकी आमालाइ प्रहरीले पक्राउ गरेको छ । श्रीनगर र खलंगा सडकमा पर्ने मैसेपानी असपासमा जंगलमा विहान ६ बजे वेवारिसे अवस्थामा फेला परेको बालक एक महिनाको रहेको प्रहरीले जनाएको छ ।

बेवारिसे बालककी आमा शारदा नगरपालिका वडा नम्बर २ निवासी ३५ वर्षीया मिहला रहेको खुल्न आएको छ ।प्रहरीले घटनामा संल्गन अर्का एक पुरूष शारदा नगरपालिका वडा नम्बर २ पानीखाेला निवासी ३८ वर्षीय दान बहादुर भण्डारीलाइ पनि पक्राउ गरेकाे जनाएकाे छ ।

करिब एक वर्ष अगाडी कामको सिलसिलामा भारतमा गएकी ती महिलाको भारतमा अाराेपितसंग अवैध सम्बन्ध बाट बच्चा जन्मिएको र घर फर्किने बेला अरुले थाहा पाउँछन भनेर बच्चालाइ जंगलमा फालेको ती महिलाले प्रहरीलाइ बताएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी इन्सपेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर रहेकी ती महिलाको पहिलो विवाह बाटपनि तीन सन्तान रहेको र पति संग सम्बन्ध विच्छेद भएपछि बच्चाहरुको पालनपोषणका लागी रोजगारीको लागी भारतमा गएको ती महिलाले प्रहरीलाइ बताएकी छन् ।

भारतमा संगै काम गर्न गएका ती पूरुषसंग को अवैध सम्बन्ध बाट जन्मिएका बालकलाइ लिएर गड्डाचाैकी नाकासम्म संगै अाएर महेन्द्र नगरमा ३ दिन क्वारेन्टीनमा बसेका थिए । त्यसपछी दबैजना छुट्टाछुट्टै घर फर्किएका हुन् ।

पति संगको सम्बन्ध विच्छेद पछि माइतीमा बस्दै आएकी ती महिलाले घर पुग्दै गर्दा बच्चा ङरमा नलैजाने दुबैकाे सहमतीपछि आइतबार बेलुका ६ बजेनै बच्चालाइ जंगलमा छोडेर घर फर्किएको प्रहरीलाइ बताएकी छन् ।

आरोपित पूरुष जिल्लाकै एक क्वारेन्टाइनमा रहेको र घटना बारे थप अनुसन्धान गरी प्रकृया अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सालघारी जंगलमा सोमबार बिहान ती बालक रुँदै गरेको अवस्थामा फेला परेपछि जिल्ला अस्पतालमा राखिएको थियो । बालकलाइ बिहान ल्याक्टोजिन खुवाइएको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका डाक्टर भिमकान्त जैशीले जानकारी दिनुभयो ।

पूरा भिडियो हेर्नुस र कृपया यो भिडियो सक्दो shere गरिदिनुहोला।