काठमाडौँ, १९ असोज ।
दोलखाको शैलुङ गाउपालिका प्रमुखको फेसबुक आइडी ह्याक गरेर विभिन्न ब्याक्तीलाई गलत म्यासेज गरि ठगि भएको पाइएको छ । दुलालको फेसबुक ह्राक गरेर अति समस्या परेको भन्दै विभिन्न व्यक्तिको बैक खातामा पैसा हालिदिन म्यासेज गरि रहेको पाइएको छ । म्यासेजकै आधारमा विभिन्न ब्यतीहरुले रकम समेत जम्मा गरिदिएका थिए । यसरी ठगिनेमा ड्रिम्स क्याफेका संचालक भरत रोन श्रेष्ठ लगायत छन् । ड्रिम्स क्याफेका संचालक भरत श्रेष्ठले साथीको मोबाइल बैकिङ मार्फत ८ हजार ५ सय र राजु केसीले ८ हजार ५ सय रुपैयाँ हालिदिएका थिए ।
आफ्नो फेसबुक एकाउन्ट ह्याक भएको र गलत म्यासेज को पछि नलाग्न गाउँपालिका प्रमुख भरत दुलालले बताए तर कतै दुलालले प्रशासनमा कुनै उजुरी नगर्नु र उक्त पैसा आफै आएर फिर्ता दिनुले शंका भने उत्पन्न भएको छ । आफुले त्यो एकाउन्ट न चलाएको र एकाउन्ट ह्याक भएको हुदा त्यस्तो म्यासेजको पछि लागेर कहि कतै पैसा जम्मा नगर्न पालिका प्रमुख दुलालले बताउनु बताएका छन् । दुलालको फेसबुकबाट NCC बैंकको मन्थली शाखाको खाता नं ०८९०००००४२३१० मा पैसा माग भएको छ।
खातावाला सुशान्त ढुंगेलको खोजीमा प्रहरीले कुनै सक्रियता देखाएको छैन । ढुंगेल र दुलालको सम्बन्ध पनि खुलेको छैन । व्यवसायी श्रेष्ठले फेसबुक मार्फत ठगिएको पैसा आफुहरुले फिर्ता पाएको बताए ।
पूरा भिडियो हेर्नुस र कृपया यो भिडियो सक्दो shere गरिदिनुहोला।