काठमाडौँ, १९ असोज ।
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का निजी सुरक्षा अधिकृत फेरिएका छन् ।
प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) विनोद घिमिरेलाई दाहालको पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) का रुपमा खटाएको हो । यसअघि प्रचण्डको सुरक्षामा खटिएका डीएसपी नरेशराज सुवेदीको रोल्पामा सरुवा भएपछि घिमिरेलाई खटाइएको हो ।
दाहालको सुरक्षामा हाल डीएसपीको नेतृत्वमा नेपाल प्रहरीका २९ र प्रहरी निरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीका ३० गरी ५९ जना खटिने गरेका छन् । प्रचण्डमाथि रहेको सुरक्षा थ्रेटलाई विश्लेषण गरेर गृहमन्त्रालयले यो सुविधा दिएको हो ।
नवलपुरको कावासोतीमा कानबाटै गहना लुटे
पूर्वी नवलपरासीको कावासोतीमा आइतबार विहान एक जना महिलाको कान काटेर सुनका गरगहना लुटिएको छ ।
कावासोती १३ बुढौली कुनाबाट कावासोती थाना चोक आउने क्रममा बुढौली कुनाबाट ५ सय मिटर उत्तरतर्फ जंगलको बीच बाटोमा नै कावासोती १३ बुढौली कुना निवासी ४६ बर्षीया महिला तुलसी पौडेललाई दुई जना लुटेराले लुटेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक नविन थापाले घटनाको पुष्टि गर्दै लुटेराको जंगलदेखि सडक सबैतर्फ खोजी भएको बताए ।
पीडित महिलाका श्रीमान दण्दपानी पौडेलले लुटेराले कान काटेर कानका ठूला ठूला दुई वटा रिङ्ग लुटेर लगेको र साना साना रिङ्ग भने जोगिएको बताए । महिला लुटेरासँग लडेर घरतर्फ भागेर ज्यान जोगाउन सफल भएकी थिइन् । उनको दुई वटा कान काटिएको छ भने टाउको समेत चोट लागेको छ ।
पीडित महिलाको अहिले कावासोतीको नवलपुर अस्पतालमा उपचार भईरहेको छ ।
पूरा भिडियो हेर्नुस र कृपया यो भिडियो सक्दो shere गरिदिनुहोला।