हेटौंडा, १८ असोज ।
हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । नाबालकसहित ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी इन्द्रबहादुर राईका अनुसार आइतबार बिहान हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ज ४१०६ नम्बरको दक्षिणकाली सुमो सेवाको सुमो घुम्तीमा टर्निङ नपुग्दा पछाडि सार्ने क्रममा भिरबाट तल खसेको हो ।
भीमफेदी गाउँपालिका– ६ स्थित सिमखोलामा भसरबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भएको र नाबालकसहित ६ जना घाइते भएका छन् ।
अहिले घाइतेहरूको भीमफेदी स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रवक्ता राईले बताए । राईका अनुसार हालसम्म मृतकको सनाखत हुन सकेको छैन ।
पूरा भिडियो हेर्नुस र कृपया यो भिडियो सक्दो shere गरिदिनुहोला।