नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु- मृतकको संख्या ५२८ पुग्यो

रामेछाप खबर संवाददाता

काठमाडौँ, १८ असोज ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा २ जना महिला र ६ जना पुरुष रहेका छन् । मृत्यु हुने महिलामा सुनसरीकी २८ बर्षिय र चितवनकी ७६ बर्षिय महिला रहेका छन् ।

त्यस्तै मृत्यु हुने पुरुषमा ललितपुरका ६७ बर्षिय पुरुष रहेका छन् भने काठमाडौँका २ जना ८३ र ६८ बर्षिय पुरुष रहेका छन् । त्यस्तै सिन्धुपाल्चोकका ४१ बर्षिय, दोलखाका ६५ बर्षिय र कैलालीका ७९ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ । नेपालमा अहिले कोरोनासंक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६२ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

पूरा भिडियो हेर्नुस र कृपया यो भिडियो सक्दो shere गरिदिनुहोला।