लमजुङ, १८ असोज ।
लमजुङको बेशिसहर नगरपालिका -१, उदीपुर बजार नजिकै यात्रुबाहक मिनीबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बेलुकी करिब ७: ३० बजे भएको बस दुर्घटनामा बेशिसहर नगरपालिका-१ धिमिरे गाउँका अन्दाजी २६ बर्षीय अर्जुन परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बेशिसहरबाट सुन्दरबजार नगरपालिकाको खत्रीठाँटीका लागि छुटेको ग १ ख ६५०१ नम्बरको मिनीबस दुर्घटना हुँदा बसमा सवार अन्य चारजना घाइते भएका छन् । घाइते मध्ये २ को अवस्था गम्भीर छ । घाइते हुनेमा राइनास नगरपालिका ८ का १९ बर्षीय सुदिप नेपाली, चालक बेशिसहर नगरपालिका ४ पुरानोकोटका २८ बर्षीय मनोज गुरुङ, सहचालक बेशिसहर ४ कै १८ बर्षीय दिपेन्द्र गुरुङ, र बेशिसहर नगरपालिका १ उदिपुरका प्रकाश बुढाथोकी रहेका छन् । प्रकाशको अवस्था सामान्य भएकाले घरमा उपचार गराएका छन ।
चालक मनोज र बसमा सवार सुदिपको अवस्था गम्भीर रहेकाले पोखरा रिफर गरिएको लमजुङका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिनु भयो । उहाँका अनुसार उक्त बस सडकबाट करिव १०० मिटर तल खसेर दुर्घटना भएको हो । बसले घुम्तीमा मोड्न नसक्दा दुर्घटना भएको हुनसक्ने उहाँले बताउनु भएको छ। बसमा जम्मा ७ जना सवार रहेको खुल्न आएको छ ।
पूरा भिडियो हेर्नुस र कृपया यो भिडियो सक्दो shere गरिदिनुहोला।