१४ दिनको बसाई पछि सन्तोष आफ्नो कोरोना नेगेटिभ रिपोर्ट हातमा लिएर कोभिड अस्पतालको रिसेप्शनमा उभिइ रहेको थियो ।
वरपर केही ब्यक्तिहरु ताली बजाउदै थिए र उसलाई बधाई दिई रहेका थिए ।
एउटा लडाइ त उसले जितेर आएको थियो तर सन्तोष को अनुहारमा निराशपनको गहिरो छाँया थियो ।
घर फर्किने क्रममा बाटोभरी गाडीमा उसलाई याद आइरहेको थियो । आइसोलेशन नामक एक खतरनाक ठाउँको एक उज्यालो बिहिन न्यूनतम सुबिधाहरु भएको एउटा सानो कोठा।
मनोरञ्जन’को कुनै पनि साधन उपलब्ध नभएको यो सबै थियो त्यहाँ जहाँ उ आइसोलेशमा बसेको थियो ।
कोहि कुरा पनि गर्दैनन् थिए, न नै नजिक आउने गर्थे , खाना पनि सबै आइटम प्लेटमा भरेर आफू बसेको कोठामा आइ हुत्याइ दिन्थे । कसरी बित्यो त्यो कष्टकर १४ दिन उसैलाई मात्र थाहा थियो। ..
बस.. मनमा केहि ठोस सोच, अनि उसको अनुहारमा सन्तुष्टि ले भरिएको थियो ।
घर पुग्ने बित्तिकै स्वागतको लागि उभिएकी उत्साहित श्रीमती छोराछोरिलाई वास्ता नगरी सन्तोष सिधै घरको कुनाको कोठामा पुग्यो ।
जहाँ उसको बृद्ध आमा बस्ने गर्थिन। आमाको खुट्टा पक्डिएर उ खुब रुन थाल्यो र उनलाई लिएर बाहिर दल्यानमा आयो र खाटमा आमालाई बसाल्यो । बुबाको मृत्यु पश्चात ३ बर्ष अगाडि देखिको एक्लोपन आजभोलिको भाषामा भन्नुपर्दा आइसोलेशन भोगी रहेकी थिइन् आमाले ।
श्रीमतिले यस्तो देखेपछि छक्क पर्दै भनिन: यो के गर्दै हुनुहुन्छ तपाईं, थाहा छैन हाम्रो status बिपरित सेतो कपडामा न बोल्नेको सोमत छ, न त खाने पिउनेको ढंग नै छ । उनलाई फर्काएर उनैको कोठामा छाडेर आउनुहोस् ।
सन्तोष ले भन्यो: आजबाट आमा हामी सबैको साथ हामी बिच बस्नुहुन्छ । आज मलाई थाहा भयो कि एक्लोपन के हो भनेर जब बोल्ने र हाँस्ने खाने समय , कोहि हाम्रो नजिक हुँदैनन् । आइसोलेशन यस बिरामिले त मलाई १४ दिनको एकान्तबास दियो र म यो १४ दिनहरुमा कसरी बसे,कसरी बाँचे, उफ धेरै भयानक हुन्छ आफ्नो मान्छे बिना बाच्न गार्हो छ ।
मेरो त बाध्यता थियो आइसोलेशनमा बस्ने, तर आमा उनलाई के कुराको सजाय दिई रहेका छौ हामी छोरा बुहारीले।
सिर्फ यही कुराले कि आमा हामिले जसरी चिप्लो घसेर पश्चिमी भाषा इङलिस मिसाएर बोल्न जान्नुहुन्न । हामी जसरी देखावटी समाजको मान्छेहरुको बिचमा चम्चा काँटाले खान पिउन जान्नुहुन्न । उठ्न बस्न राम्रोसँग सक्नुहुन्न , यसैको लागि ।
तर हामी छोराछोरिले अक्सर बिर्सने गर्छौ , जो हामिले आज आफ्नो बृद्धअबश्थाका आमा’बुबाको साथ गरि रहेका छौँ । यो सबै हाम्रो छोराछोरिले पनि त हामिले हाम्रो आमा-बुबालाई गरेको व्यबहार देखिरहेका छन् । र छोराछोरी भोलि उसले पनि यहीँ व्यबहार हामी माथी पनि त गर्ने छन् ।
किनकि छोराछोरिले आफ्ना अग्रजहरुबाट नै त पाठ सिक्ने गर्छन् । आजबाट हामी सबैजना एकसाथ एकै ठाउँमा बस्छौं।
💮 आमाको आँखाबाट आँसु खस्यो , उनलाई लाग्यो कि छोराको negative report ले आमाको जिन्दगिको positive report को बाटो खुल्यो । ❣️
आफ्नो बृद्ध आमाबुबाको इज्जत गर्नुहोस् किनकि तपाईं पनि जहिले जवान रहनुहुन्न ।। 🙏
सन्तोष कार्कीको फेसबुकबाट