कम मूल्यमै डर्ट बाइक चढ्न चाहनुहुन्छ ? यो हुन सक्छ उपयुक्त विकल्प

रामेछाप खबर संवाददाता

काठमाडौं, १० कात्तिक ।

सडकको विशेषताअनुसार पनि होला, नेपालमा डर्ट (अफरोड) बाइकहरुको माग दिनप्रतिदिन बढ्दै गएको छ । एड्भेन्चर राइडका लागि पनि युवाहरुले डर्ट बाइक रोज्ने गरेका छन् ।

नेपाली बाटोको विशेषता हेर्दा उपयुक्त लाग्ने डर्ट बाइक अन्य बाइकको तुलनामा महङ्गो हुने भएकाले धेरैले खरिद गर्ने चाहना हुँदा हुँदै पनि खरिद गर्न सकिरहेका छैनन् ।

तर, मोटरहेड कम्पनीको उत्पादन (डर्ट र मोटार्ड सेगमेन्टका बाइ) अन्य ब्राण्डभन्दा केही सस्तो मान्न सकिन्छ । जसका कारण यो ब्राण्डका बाइकको बिक्री पनि नेपालमा बढ्दो क्रममा छ ।

डर्ट र मोटार्ड सेगमेन्टका बाइक खोज्नेका लागि नेपालमा एउटा उपयुक्त विकल्प बन्न सक्छ मोटरहेडको स्पोर्ट्स २५० ।

एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले ब्रिक्री वितरण गरिरहेको मोटरहेड ब्रान्डका ६ मोडलका बाइकहरु नेपालमा उपलब्ध छन् । जस मध्ये स्पोर्ट्स २५० वाइक अफरोड र रोड सेगमेन्टमा उपलब्ध छ । अफरोडमा यात्रा गर्नका लागि अफरोड टायर र अन्य अबस्थामा रोड टायरको वाइक प्रयोग गर्न सकिन्छ ।

यो बाइकमा रहेको २५० सीसीको इजिन्नले १९ एचपीको पावर र २० एनएमको र्टर्क जेनेरेट गर्छ । बाइकको टप स्पिड १२० किमी प्रतिघण्टा छ । कम्पनीको दाबी अनुसार यो बाइकले १०० किलोमिटरमा २.१ लिटर मात्रै इन्धन खपत गर्छ ।

६ स्पिड गियरबक्स भएको यो मोटरसाइकलमा ९०० मिलिमिटरको सिट हाइट र २६० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ । एलईडी हेडलाइट भएको स्पोर्ट्स २५० मा ड्युअल एक्जस्ट फ्रन्टमा अपसाइड डाउन फोर्क र रियरमा भने स्विङ्कआर्म एसिस्टेड मोनोशक दिइएको छ ।

१४१५ मिलिमिटरको स्पोक ह्विल्स भएको यो बाइकमा टायरहरु फ्रन्टमा ८०/१००-२१” र रियरमा ११०/१००-१८” छन् । दुईवटै ह्विलहरुमा ड्युअल पिस्टन क्यालिपर सहितको डिस्कब्रेक दिइएको छ ।

अफरोड टायरयुक्त बाइकको मूल्य ३ लाख ६० हजार र रोड टायरयुक्त बाइकको मूल्य ३ लाख ६५ हजार रुपैयाँ छ । यस बाइकमा टायर बाहेक अन्य विशेषता दुवै वाइकहरुमा एकै प्रकारको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।