दशैको मार्मिक गीत “ए आमा तिम्रो हात को टिका” भिडियो सार्वजनिक

रामेछाप खबर संवाददाता

काठमाडौं ।

नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक गरिरहेका छन् , प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ । यसैबिच गायक र पवन भाटको दशैँ गीत “ए आमा तिम्रो हात को टिका” सार्वजनिक भएको छ ।

गायिक गायक र पवन भाटको आवाजमा रहेको गीतमा हिराछाबी श्रेष्ठको शब्द रहेको छ । प्रदेशीको कथा अनि दशैतिहारमा घर आऊन नपाएको पिडा आदि विषयवस्तु गितमा दर्शाईएको छ ।

मार्मिक गीत भएकाले गीतलाई दर्शक तथा स्रोताले मनपराउने अर्घादरबार फिल्म्स प्रा लि का प्रोपाईटर बिश्वाश नेपालले हाम्रो सन्देश डट कम लाई बताउनूभयो । गीतमा सागर लम्साल, बिमल गिरी,गणेश कंडेल, दर्पण यात्री र सफलताले अभिनय गरेका छन् भने भिडियो सम्पादन दिन्सन शाहले गरेका हुन् । छायांकार सुजन श्रेष्ठले खिचेको गीतको भिडियो TLN Media मार्फत बजारमा उपलव्ध छ ।

हेर्नुहोस् भिडियो:

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।