मेरो जीवनको त्यो कहालीलाग्दो घटना

रामेछाप खबर संवाददाता

मेरो जीवनको त्यो कहालीलाग्दो घटना

टिभी हेर्दै गर्दा छ वर्षकी छोरीले एकाएक एसिडले पोल्छ, जल्छ हो मामु भनेर जिज्ञासा राख्दा म झस्कीएँ।

खै के को छटपटीले शरीर नै सिरिंग भयो, अनायासै डरले मनमा बास बसायो। विस्मृतिमा रहेको त्यो तातो तेलको पीडायुक्त कालो समयको स्मृतिले जीउभरि काँडै काँडा उम्रियो।

एसिडले त जिउने रहर नै खत्तम‘वा रित्तो संर्घषमा होमिदिन्छ एक्लै एक्लै।

राति टिभीमा एसिड आक्रमणलाई जित्दै अगाडि बढेकी किशोरी मुस्कान खातुनको अन्तर्वार्ता आइरहेको थियो। जसले मलाई मेरो तीतो विगतको याद ताजा गराइदियो ।

जिन्दगीप्रतिको अथाह उत्साह, उमंग र खुसी सदाको लागि झ्यापै एकाएक हराएका थिए।

मकैको फूल दानाजस्ता फोकाहरू पट्टटलहरै अनुहार घाँटी र हातसम्मै उठेका थिए। ती फोका उठेका भागहरूमा पीडा बढेपछि म चिच्याएर अत्तालिएको थिएँ।

रातको आठ बजे हतार हतार मलाई रिक्सामा राखेर हस्पिटल दौडाइएको थियो। पुष्ट र चुस्त अनुहार एकैछिनमा के भो के भो घाउ नै घाउले भरिपूर्ण भएका थिए। जलन र पीडा खप्न नसकेर म छटपटाइ रहेको थिएँ।

घाउको दुखाइले पूरै रात छर्लङ्ग कोल्टे फेर्दै रूँदै र चिच्याउँदै काटेको थिएँ।

बिहानीपख स्कुल जान ढिलो भयो भन्दै ड्याडी मलाई घरको ढोका बाहिरैबाट बोलाउँदै हुनुहुन्थ्यो। तर म कोठाभित्रैबाट रोएपछि म नजिकै सुस्तरी आउनु भयो।

के भो छोरी तँलाई रु कस्ले के गर्यो रु तलदेखि माथिसम्म नियालेर हेर्दै भित्रैदेखि पीडाको अनुभूति गर्नु भयो।

अंगालोमा बेरेर चुपचाप धेरै नबोल फेरि गाह्रो हुन्छ, आराम गर म एक क्षणमा आउँछु भन्दै बाहिर निस्किनु भयो।

चोकमा पुगेपछि चुरोट जलाउँदै, मन रित्याउँदै ठिंग सडकमा उभिएको मैले घरकै झ्यालबाट चिहाएर देखें।

आधा घण्टापछि लामो श्वास लिँदै म, काकी र बहिनीहरूसँग लुरूलुरू आफ्नो घरको बाटोतिर लाग्यौं।

मेरो फोकै फोकाले बिग्रिएको अनुहार पातलो सलले छोपिएको थियो।

अगाडि बहिनीहरू सुस्तरी हिँडदै थिए। तर मलाई चाहिँ मनमा उब्जेका अनेक शंका र उपशंकाका आवेगहरूले बेर्दै थिए। आफूलाई त्यो पीडा जीवनभर सहनुपर्ने हो कि भनेझैं लाग्यो। तीतो यथार्थले नराम्ररी घोच्यो।

घरभित्र छिर्न नपाँउदै ममी भन्दै हुनुहुन्थ्यो। छोरी लिन गएका तेरो बाबा अझै आउनुभएको छैन। कार्यालय पनि जानुहुन्न कि के हो आज। तँ पनि स्कुल नजाने पाराले आइस किन हो यति ढिलोरु

तर एकाएक, खै कसरी सुरू गरौं दिदी तपाईंले त यसलाई केही काम गर्न आउँदैन भन्नु भएकै थियो तर मेरो हेलचेक्र्याईंले म भान्सानजिकै नबस्दा छोरीको मुख पूरै‘ भक्कानिएर काकी रून थाल्नु भयो।

काकीको कुरा सकिन नपाउँदै ममी ट्वाल्ल परेर मतिर टुलटुल हेर्न थाल्नुभयो। एकछिन पूरै वातावरणमा सन्नाटा छायो। मुख छोपेर अलि परै उभिएकी मतिर ममी दौडिनुभयो। मैले पनि आफ्नो आँसु थाम्न सकिनँ।

कसरी चित्त बुझाउनु, कहिल्यै एक गिलास पानी न सार्ने छोरी एकाएक ढिपी गरेर जाँदा कसैले पनि नसोचेको त्यत्रो डर लाग्दो रूप लिएर आफ्नो अगाडि उभिएको।

पूरा मुख तथा आँखाको माथि पनि तातो तेलले पोलेको फोका फुलेको देख्दा कसको पो मन अमिलो नहुँदो हो। एक तमासको खुल्दुली मच्चिरहेको जीवनमा चिन्तै चिन्ताले म गल्दै गएको थिएँ।

कति सहनु पर्ने हो मैलेरु पीडाको लपेटोमा म बरबराएपछि एकाएक फेरि कोठामा पूर्ण शून्यता छायो।

अनुहार त पूरै जल्यो कहिल्यै सन्चो नहुने गरी भन्दै चिच्याउदै, कराउँदै पिल्सिँदै थिएँ।

“कति रोएकी छोरी, तँ यसरी रोएपछि ड्याडीलाई कसले सम्हाल्छ रु तैंले नै यसरी हिम्मत हारेपछि‘। हामी कसरी बाँच्न सक्छौं मम्मीले आँसु लुकाउँदै भन्दै हुनुहुन्थ्यो।

नरोऊ, छोरी नरोऊ। भावीको लेखालाई कसैले रोक्न सक्दैन। तेरो त्यो दिन नै त्यतिको खड्ग रैछ भन्दै ममी मलाई समाल्न खोज्दै हुनुहुन्थ्यो।

हरेक समय म निक्कै चिन्तित र अत्तालिएको देखिन्थे। अनुहारभरि फुलेको फोकाले म निकै खिन्न र दुखी भएँ।

म निकै डराएको र जीवनदेखि नै विरक्त लागेर आयो। पीडा सहन नसकेर म भित्रभित्रै गलिसकेको थिए। नबोल्ने नहाँस्ने मेरो पारा देखेर ममी भन्नुहुन्थ्यो अप्ठ्यारो समय आफैं हराउँछ, दुस्खमा पनि हाँस्न सिक्नुपर्छ भन्दै हौसला दिनुहुन्थ्यो।

साँझपख ड्याडी कार्यालयबाट आउने बित्तिकै फेरि रेगुलर चेकअपको लागि अस्पताल लैजानुहुन्थ्यो। गर्मीले गर्दा घाउको फोकाहरू फुटेर मुखभरि पिपैपिप बगिरहने, दुख्ने चिलाउने, पोल्ने पीडा असह्य दिनचर्या निरन्तर चलिरह्यो।

विराटनगरको उखर्माउलो गर्मीमा पङ्खा जति नै घुमे पनि मन सेलाउँदैनथ्यो। कोठामा झुलभित्रै तीन महिना बिताएँ। झिंगा र मच्छडको कहरले पीडामाथि पीडा थपिदिएको थियो। ममीले साना साना हरियो सुपाडीको दानालाई पिसेर अनुहारमा सुत्ने बेलामा लेप बनाएर सधैं लगाई दिनुहुन्थ्यो।

ममीको अगाध स्नेह, घरेलु औषधि लगायतका कारणले मेरो कोमल छालाका दागाहरू विस्तारैविस्तारै हराउन थाले। आफन्तहरूबाट विशेषत परिवारको असिम सद्भाव, प्रेम, ममता, हौसला र दरिलो साथ पाउँदा पाउँदै पनि म आफूलाई सहज परिस्थितिमा उभिएको पाउँथें। अनुहारका दागका खाटाहरू सबै हटे पनि मनभित्र गडेको पीडा धरै समयसम्म ताजै र आलो रह्यो।

लामो समयको अन्तरालपछि दसैंको टीकाको दिन ममीले नानी तैंले खुसीको साथ जीवन बिताएको हेर्ने रहर अब पूरा हुन्छ विस्तारै भन्नुभएको आज पनि मानसपटलमा ताजै छ।

वास्तवमै ती समयहरू निकै तनाव र छटपटीमा बितेका थिए।

त्यो दिन अहिले पनि सम्झँदा मन र मुटु नै चिसो भएर आउँछ जसले मेरो कोमल मन र मुटुलाई बिथोलिदिएको थियो, पीडाको गहिरो सागरमा डबाएर मन र मुटु छियाछिया परेको थियो, मन नै स्तब्ध पारेको थियो।

अकल्पनीय चोटहरूले मन हारेको थियो। घाउहरूले मलाई धेरै पटक मेरो सुकोमल हृदयलाई छियाछिया पारेको थियो। खासमा त्यो दिन मेरो आन्टी महिनावारी हुनुभएकोले उहाँको लागि खाना बनाउन म आन्टीको घरमा गएको थिएँ।

ममीले मैले खाना बनाउन सक्दिनँ भन्दाभन्दै हामीले मानेनौं। मलाई तरकारी पकाऊ भन्दै आन्टी कतै जानुभएको थियो।

तरकारी पकाउने क्रममा मैले तातेको तेलको कराईनजिकै अनुहार लगि तरकारी ओइरिँदा कराईको तातो तेल मेरो पूरै अनुहार, घाँटी र हातभरि उछिट्टिएको थियो। उमेर कलिलो भए पनि त्यो बेला मैले घरेलु ‌औषधि र डाक्टरले दिएको औषधि अत्यधिक खाएको थिएँ।

सोही टेलिभिजन अन्तर्वार्तामा मुस्कान भन्दै थिइन्, एसिडको यी दाग लुकाउन चाहन्नँ। हाम्रो पीडा कसले बुझ्ने?’’ १२–१३ वर्षसम्म उपचार गर्नुपर्छ। वीरगञ्ज निवासी मुस्कान खातुनमाथि बाटोमा हिँडदै गर्दा एसिड प्रहार गरिएको थियो। मुर्छित् अवस्थाबाट बाँच्न सफल भएकी मुस्कानको दुवै हात, छाती र अनुहारको दाहिने भाग जलेको थियो। अहिले आएर एसिड पीडितको सङ्ख्या दिनानुदिन बढेको पाइन्छ।

आफ्नो कुण्ठित भावना पूरा नहुँदा झोंकमा अघिकांश एसिड छ्यापिएको पाइन्छ। अनुहार नै बिर्गाने लक्ष्य लिएर प्रहार गरिएको एसिड कति घातक हुन्छ त्यो पीडितले मात्र महशुस गर्न सक्छन्।

एसिडलाई जितेर अगाडि बढेकी मुस्कानलाई हेर्द लाग्छ जीवन संर्घष हो, संर्घष नै थालनी हो। त्यसैले त होला कालान्तरदेखि मन पराई रहेको नेपाली गीतले भनेझैं ,

सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन,

जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।