कारले मोटरसाइकललाई ठक्कर दिँदा २८ वर्षीय युवकको मृत्यु, अर्का युवक घाइते

रामेछाप खबर संवाददाता

काठमाडाैँ, ९ कार्तिक ।

गएराति ललितपुरमा कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ । ललितपुरकाे नख्खुमा बा ८ च १५८१ नम्बरको कारले को २९ प ५०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे हाे ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रहेका छन् । घटनामा अर्का एक जना गम्भीर घाइते भएकाे प्रहरीले जनाएकाे छ । कारकाे ठक्करबाट मृत्यु हुनेमा सिरहा घर भएका २८ वर्षीय इलु घले रहेकाेको खुलेको छ ।

दुर्घटनामा घाइते भएकाकाे पनि पहिचान खुलेकाे छ । मकवानपुर हात्तीसुढे घर भइ हाल ललितपुरको जावलाखेल बस्ने २१ वर्षीय सञ्जित परियार गम्भीर घाइते भएका हुन्। उनी मोटरसाइकलकाे पछाडि बसेका थिए ।

प्रहरीका अनुसार हाल घाइतेकाे पाटन अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिइएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।