काे हुन् ती युवकः जसकाे कारण ऐश्वर्या र मनिषाको भइरहन्थ्याे लडाई

रामेछाप खबर संवाददाता

काठमाडौँ, ७ कात्तिक ।

सन् १९७० अगस्ट १६मा जन्मिएकी नेपाली मूलकी बलिउड अभिनेत्री मनीषा कोइराला ५० बर्ष पुगेकी छिन् । मनिषाको जन्म १६ अगस्ट काठमाडौंमा भएको थियो। राजनीतिक परिवारमा जन्मिएकी मनिषाले आफ्नो करियर भने चलचित्र क्षेत्रलाई बनाइन् ।

अभिनेत्री मनिसाले लामो समयको उपचारपछि क्यान्सरबाट छुटकारा पाएकी थिइन् । यहाँ हामीले एक किस्सालाई राखेका छौ जुन मनीषाको बलिउड संघर्षको क्रमको हो । मनीषा कोइरालाले फिल्मी अन्तर्वातामा राजीव मुलचन्दानीसँग सम्बन्धमा रहेको बताएकी थिइन् ।

त्यहिसमयमा मनीषाले ‘उनी राजीवसँग सम्बन्धमा छिन् र राजीवले ऐश्वर्यालाई उनको लागि छोडिदिए’, भनेकी थिइन्। राजीव मूलचंदनी ९० को दशकमा बलिउडका प्रख्यात मोडेल थिए। बलिउड सुपरस्टारहरू सलमान खान र अभिनेत्री ऐश्वर्या रायको प्रेम कहानी बारे धेरैलाई थाहा छ हाेला ।

ऐश्वर्याको नाम राजीव मूलचन्दनीसँग पनि जोडिएको थियो । राजीव मनीषा कोइरालाको प्रेमी थिए । यस कारणले गर्दा उद्योगका यी दुई अभिनेत्रिहरुबीच लडाई हुन्थ्यो। सन् १९९९ मा एक अन्तर्वार्ताका दौरान ऐश्वर्याले यस विषयमा खुलेर कुरा गर्दै मनिषा माथि कडा बाण प्रहार गरेकी थिइन् ।

राजीव मूलचन्दानी राजीव मुलचन्दानीसँग ऐश्वर्याको सम्बन्धको विषय त्यो वेलाको हो, जतिखेर उनी मोडलिङ गर्थिन् । राजीव पनि मोडल नै थिए । राजीव मूलचंदनी ९० को दशकमा उद्योगको प्रख्यात मोडेल थिए। सुटिङका क्रममा उनीहरूबीच चिनाजानी भएको थियो ।

ऐश्वर्यालाई मोडलिङ संसारमा टिक्न राजीवसँग हुनु धेरै महत्त्वपूर्ण थियो, किनकि उनीबिना पत्ता पनि हल्लिदो थिएन । त्यस समयमा ऐश्वर्या मोडलिङको संसारमा सक्रिय भइन् र उनीसँगै काम पनि गरिन् । सम्बन्ध घनिष्ठ रूपमा विकास भयो । पछि, राजीव ऐश्वर्याको प्रेमीका रूपमा चर्चामा रहे ।

समाचारका अनुसार दुबै बीच घनिष्ट सम्बन्ध रहेको थियो, तर ऐश्वर्या ‘मिस वर्ल्ड’ बन्ने र बलिउडमा प्रवेश गरेपछि दुवै अलग भए। यद्यपि एशले राजीवलाई सधैं उनको राम्रो साथीको रूपमा वर्णन गर्ने गरेकी छन् ।

यही समयमा राजीव र मनीषा कोइरालाको सम्बन्धलाई लिएर पनि चर्चा हुन्थ्यो । मनीषाले एक फिल्म पत्रिकामा भनेकी थिइन्,’उनी राजीवसँग सम्बन्धमा छिन् र राजीवले ऐश्वर्यालाई उनको लागि छोडिदिए। १९९९ मा एक पत्रिकालाई दिइएको अन्तर्वार्तामा, ऐश्वर्याले उनी मनिषा र राजीवको प्रेम कहानीको हिस्सा नभएको खुल्लमखुल्ला भनेकी थिइन्।

मनिषा र राजीवको दुई महिना मै ब्रेकअप भएको थियो र मनीषा अरु कसैसँग थिइन् । सो समय मनीषाले प्रत्येक दुई महिनामा प्रेमी फेर्ने गरेको आरोप लाग्ने गरेको थियो । सन् १९९४ मा विश्वसुन्दरी घोषित भएपछि ऐश्वर्या रायको सौन्दर्यको चर्चा झन् बढी भयो ।

पछि, ऐश्वर्या र राजीवको सम्बन्ध टुट्यो विवेक ओबराय सलमानसँग सम्बन्ध टुटेपछि ऐश्वर्या निकै तनावमा आइन् । अभिषेक बच्चनसँग वैवाहिक सम्बन्ध गाँसेर जीवन अगाडि बढाइरहेकी उनकी एउटी छोरी पनि छिन् ।

मनिषाले भारतको प्रतिष्ठित दादासाहेब फाल्के अवार्ड पनि पाइसेकेकी छन् । २०१८ मा उनले ‘मस्ट भर्सटाइल एक्ट्रेस’ अवार्ड पाएकी हुन्। उनले हिन्दी, नेपाली, तमिल, तेलुगू मलयालम चलचित्रहरुमा अभिनय गरेकि छन् । उनि भरत नाट्य र मनिपुरी नृत्यमा पनि चर्चित छन् ।

उनका चर्चित भारतीय चलचित्रहरमा मुम्बई एक्सप्रेस, १९४२: अ लभ स्टोरी, इन्सानियत के देवता, यादगार, सौदागर, मिलन, दुश्मनी, अनोखा अन्दाज ,यूही कभी, लाल बादशाह ,कच्चे धागे, कारतूस, जय हिन्द, लावारिस, मन, ताजमहल, कम्पनी, जानी दुश्मन, लज्जा,चेम्पियन, खौफ, बागि आदि रहेका छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।